नवनियुक्त महानिर्देशक खतिवडाबाट पदवहाली

<p>२ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त महानिर्देशक धरणीधर खतिवडाले बुधबार महासंघमा महानिर्देशकको पदवहाली गरेका छन् । खतिवडा यसअघि महासंघको वरिष्ठ परामर्शदाताको रुपमा कार्यरत थिए । नेपाल सरकारका विभिन्न निकायहरुमा नेतृत्वदायी पदमा रही काम गर्नु भएका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका हुन् । पदवहाली पश्चात महासंघमा कार्यरत कर्मचारीहरुलाई संवोधन [&hellip;]</p>

shreedhar_khatiwada--150x150२ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त महानिर्देशक धरणीधर खतिवडाले बुधबार महासंघमा महानिर्देशकको पदवहाली गरेका छन् । खतिवडा यसअघि महासंघको वरिष्ठ परामर्शदाताको रुपमा कार्यरत थिए । नेपाल सरकारका विभिन्न निकायहरुमा नेतृत्वदायी पदमा रही काम गर्नु भएका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका हुन् ।

पदवहाली पश्चात महासंघमा कार्यरत कर्मचारीहरुलाई संवोधन गर्नुहुंदै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरुबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

Share News