काठमाडाैं । सङ्घीय सांसद जीवनराम श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं ५ छोकडोल सीतापाइलामा मुनाफारहित सामुदायिक शिक्षण संस्था सिर्जना कलेज अफ फाइन आर्टस भवनकोे शिलान्यास गरेका छन् । साढे दुई रोपनी क्षेत्रफलमा निर्माण हुने भवनको अनुमानित लागत रु पाँच करोड ५० लाख छ ।
भवन निर्माणका लागि काठमाडौंँ महानगर पालिका र विश्वविद्यालय अनुदान आयोगबाट सहयोग प्राप्त भएको र नपुग सङ्घीय र प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरिएको कलेज सञ्चालक समितिका अध्यक्ष मनमोहन श्रेष्ठले बताए ।
सो अवसरमा सांसद श्रेष्ठले राष्ट्रको कलासंस्कृति चिनाउने कलाविधाको गैरनाफामूलक समुदायबाट सञ्चालन गरिएको एक मात्र कलेजको विकास र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।