बुधबार नेपालभर १०५६ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १०५६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १०५६ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४४ हजार ४३३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १२ हजार २४५ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १०५६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १०५६ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४४ हजार ४३३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १२ हजार २४५ पुगेकाे छ ।

नेपालमा आजसम्म १८ लाख ५ हजार ९७३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १६३७ जना निकाे भएसँगैं हालसम्म २ लाख ३० हजार ५३७ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १६५१ पुगेकाे छ ।

 

 

Share News