काठमाडाैं । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. लब नरसिंह जोशीको निधन भएको छ । एक हप्तादेखि नेपाल मेडिसिटि अस्पतालमा उपचाररत डा. जोशीकाे मंगलबार राती ९ बजे निधन भएको अस्पतालले जनाएकाे छ ।
५१ वर्षीय डा जोशीलाई ब्लड क्यान्सर भएको थियो । मेडिसिटि अस्पतालको कार्डियो विभाग प्रमुखसमेत रहेका जाेशीले केही दिन अगाडी मात्र मेडिसिटिबाट बिदा भइ स्टार अस्पतालबाट आफ्नो नियमित सेवा प्रवाह गर्ने जानकारी गराएका थिए ।