काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १३८२ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३७७ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १२ हजार ६८६ पुगेकाे छ ।
नेपालमा आजसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १६३७ जना निकाे भएसँगैं हालसम्म २ लाख २९ हजार ५४ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा २३ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १३६७ पुगेकाे छ ।