
काठमाडाैं । इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने तयारी गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया सुरु गर्ने बताएका हुन् ।
नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ ।
सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । यस्तै नेपाली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण समेत पाउने छन् ।