नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त

<p>काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन् । मंसिर १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वाग्लेलाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको हो । यससँगै उनले कम्पनीको अध्यक्ष पदमा रहेर आफ्नो कार्यभार सम्हाल्ने छन् । गोरखाको बुङ्कोटमा घर भएका वाग्ले हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका छन् । यसअघि कम्पनीको अध्यक्षमा [&hellip;]</p>

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन् । मंसिर १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वाग्लेलाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

यससँगै उनले कम्पनीको अध्यक्ष पदमा रहेर आफ्नो कार्यभार सम्हाल्ने छन् । गोरखाको बुङ्कोटमा घर भएका वाग्ले हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका छन् ।

यसअघि कम्पनीको अध्यक्षमा चन्द्रमान मलेकु रहेका थिए । उनले व्यक्तिगत घरयासी कारण देखाउँदै भदौ २५ गते अध्यक्ष पदबाट राजिनामा दिएका थिए । जुन मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

Share News