शनिबार नेपालभर १०२४ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १०२४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १०२४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३९ हजार ८८५ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १४ हजार २५५ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १०२४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १०२४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३९ हजार ८८५ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १४ हजार २५५ पुगेकाे छ ।

नेपालमा आजसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २२०६ जना निकाे भएसँगैं हालसम्म २ लाख २४ हजार ५३ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १० जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १५७७ पुगेकाे छ ।

Share News