गभर्नरले भने- कर्जाको ब्याज घट्दा लगानीकर्तालाई राहत भयाे (पूर्णपाठसहित)

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको बताएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सो बताएका हुन् । यस्तै कर्जाको ब्याज घट्दा लगानीकर्तालाई राहत भएको भए पनि निक्षेपको व्याजदर कम हुँदा त्यसबाट [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको बताएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सो बताएका हुन् ।

यस्तै कर्जाको ब्याज घट्दा लगानीकर्तालाई राहत भएको भए पनि निक्षेपको व्याजदर कम हुँदा त्यसबाट आश्रित वर्ग तथा समुदायमा थप असर पर्ने भएकाले केन्द्रीय बैंकले आवश्यक व्यवस्था गरेको गभर्नर अधिकारीले जानकारी दिए ।

सरकारले चालू आवमा राखेको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पु¥याउने गरी नै पहिलो त्रैमासिक समीक्षा गरिएको गभर्नर अधिकारीको भनाइ छ । उनले बैंक तथा वित्तीय संस्थालाई सबल बनाउने एवं थप सतर्क रहँदै जोखिम आउन नदिने हिसाबले राष्ट्रबैंक अगाडि बढेको बताए ।
[pdf id=249007]

Share News