बुधबार नेपालभर १४९० जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४९० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १४९० जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३६ हजार २४६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १६ हजार ५४७ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४९० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १४९० जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३६ हजार २४६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १६ हजार ५४७ पुगेकाे छ ।

नेपालमा आजसम्म १७ लाख ५४ हजार ६३० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १५६७ जना निकाे भएसँगैं हालसम्म २ लाख १८ हजार १६१ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १५३८ पुगेकाे छ ।

Share News