काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरेर सकेसम्म विद्यार्थीलाई क्याम्पसमै उपस्थित गराएर कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
विश्विविद्यालयले एक विज्ञप्ती जारी गर्दै आफु अन्तर्गतकाे सबै क्याम्पस, विभाग र स्कुलहरुलाई स्थानिय निकायले ताेकेकाे समयसिमा र मापदण्डभित्र रहनेगरी कक्षा संचालन गर्न निर्देशन दिएकाे हाे ।
त्रिविले यस्ताे सम्भव नभएकाे अवस्थामा अन्य वैकल्पिक विधिकाे प्रयाेग गरी नियमित कक्षाहरु सचालन गर्न पनि निर्देशन दिएको छ।
विश्वविद्यालय यस अघि काेराेनाभाइरसकाे कारण राेकिएकाे सबै परीक्षाहरु भाैतिक रुपमा गर्नकाे लागि तालिकाहरु सार्वजनिक गरिसकेकाे छ ।