साेमबार नेपालभर १४७४ जनामा संक्रमण पुष्टि, २९ जनाको मृत्यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १४७४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १७ हजार ४२३ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १४७४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १७ हजार ४२३ पुगेकाे छ ।

नेपालमा आजसम्म १७ लाख ३७ हजार ७४७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १९३१ जना निकाे भएसँगैं हालसम्म २ लाख १४ हजार ५२१ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा २९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १५०८ पुगेकाे छ ।

Share News