नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

<p>काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। उनले एशाेसिएट र बस्तुगत समूहबाट ठूलाे मत अन्तर पाइ प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान पराजित गरेका छन् । ढकालले कुल ६३० मत पाएका छन् भने प्रधानले ४६६ पाएका छन् । जिल्ला नगरतर्फ ढकालले भन्दा प्रधानले १ मत बढी पाएका छन् । ढकालले एशोसिएटमा [&hellip;]</p>

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। उनले एशाेसिएट र बस्तुगत समूहबाट ठूलाे मत अन्तर पाइ प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान पराजित गरेका छन् ।

ढकालले कुल ६३० मत पाएका छन् भने प्रधानले ४६६ पाएका छन् । जिल्ला नगरतर्फ ढकालले भन्दा प्रधानले १ मत बढी पाएका छन् ।

ढकालले एशोसिएटमा सदर मत ८ सय ९७ मध्ये ५ सय २२ मत पाएका छन् । उनका प्रतिस्पर्धी प्रधानले ३ सय ७४ मत पाए । महासंघकाे विधान अनुसार कुल मतमा एशाेसिएटकाे मतभार ३० प्रतिशत हुन्छ ।

वस्तुगतमा ढकालले ५६ मत पाएका थिए भने प्रधानले ३९ मत पाए । कुन मतमा बस्तुगत समूहकाे मतभार २० प्रतिशत हुन्छ ।

जिल्ला-नगरतर्फ खसेको कुल १०५ भोटमा ढकालले ५२ र प्रधानले ५३ मत पाए । कुल मतमा जिल्ला समूहकाे मतभार ५० प्रतिशत हुन्छ ।

एशाेसिएटतर्फ उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाइ निर्वाचित भएका छन् । संघाईले ४ सय ५५ मत पाए।  उनको प्रतिस्पर्धीमा सौरभ ज्योतिले ४ सय ३४ मत पाए।

जिल्ला नगर उपाध्यक्ष र बस्तुगत उपाध्यक्षमा प्रधान समूहबाट क्रमशः दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न निर्वाचन सँगै महासंघकाे अध्यक्ष शेखर गाेल्छा भएका छन्  । महासंघकाे विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित भएकाे व्यक्ति नै अर्काे कार्यकालमा स्वत अध्यक्ष हुन्छ ।

वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित भएपछि अध्यक्ष बनेका शेखर गोल्छाले बधाई दिएका छन्। निर्वाचतमा गाेल्छाले प्रधानलाइ सहयाेग र समर्थन गरेका थिए ।

नब निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचनपछि पक्ष-विपक्ष सकिएको बताएका छन्। ‘मैले पहिला पनि भनेको थिएँ, १३ गतेपछि पक्ष-विपक्ष हुँदैन। हामी सबै एकै ठाउँ हुन्छौं,’ निर्वाचित भएपछि ढकालले भने, ‘मेरो अध्यक्ष शेखर गोल्छा नै हो। हामी एक ठाउँमा बसेर निजी क्षेत्रको आवाज उठाउनेछौं।’

ढकालले व्यवसायिक गतिविधि बढाएर मुलुकको आर्थिक समृद्धितर्फ लाग्ने धारणा समेत राखे। उनले आफूले उठाएको २५ बुँदे कार्यक्रमलाई समेत अगाडि बढाउँदै ती मुद्दा समाधानका लागि सरकारका निकायसँग एडभोकेसी गर्ने पनि बताए।

महासंघको ५४औं वार्षिक साधारणसभामा ढकाल र प्रधान समूह दुई प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले प्रधान समूहलाई समर्थन गरेका थिए। गोल्छा आइतबारदेखि स्वत: अध्यक्ष भइसकेका छन्।

Share News