टीमलाई प्रधानले भने: युद्धको मैदानमा आफ्नो भाइलाई पनि गोलि हानिन्छ, क्रस भोटिङकाे प्रयास नगर्नु

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले आफ्नाे टिमका व्यवसायीलाई संगठित भएर मतदान गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा प्रधानको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा तथा भिजन डकुमेण्ट २०२२ लञ्चिङ कार्यक्रममा बोल्दै प्रधानले आफु निकटका उद्योगी तथा व्यवसायीलाई एकिकृत भएर मतदान गर्न आग्रह गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले आफ्नाे टिमका व्यवसायीलाई संगठित भएर मतदान गर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा प्रधानको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा तथा भिजन डकुमेण्ट २०२२ लञ्चिङ कार्यक्रममा बोल्दै प्रधानले आफु निकटका उद्योगी तथा व्यवसायीलाई एकिकृत भएर मतदान गर्न आग्रह गरेका हुन् ।

उनले कार्यक्रममा आत्मा एकातिर र मतदान अर्कैतिर गर्ने प्रयास समेत नगर्न आग्रह गरेका छन् । ‘उम्मेदवारले आत्माबाट आएको आवाज सुन्नु पर्यो । आत्मा किशोर प्रधान, शौरभ, दिनेश र अञ्जन भन्ने तर उता अर्कै व्यवस्था नहोस्, कुनैबाट यस्ताे काम  नहोस्, ताकि उहाँले आफ्नो कार्यकाल छोडेर जाँदाखेरि मैले नेपाल उद्योग वाणिज्य महासंघका त्यो उम्मेदवारलाई भोट दिँएँ भनेर आत्मालोचना गर्ने समय नआओस्,’ उनले भने ।

आफ्नो टीम काम र कर्तव्यप्रति विश्वास राख्ने भएकोले अरुकाे गफ र झुटो आश्वासनमा नपर्न समेत उनले आग्रह गरेका छन् ।

‘हामी झुटो आश्वासन बाँडेर मानिसरुलाई प्रभावित पार्दैनौं, हामीले जे गर्छौं सत्यतालाई आधार मानेर र निष्ठावान तरिकाले काम गर्छौं, महासंघमा हाम्रो टिमको आवश्यकता छ, क्रस भोटिङ गर्ने प्रयास नगरौं, उनले भने,‘युद्धको मैदानमा जे पनि जायज हुन्छ, आफ्नो भाई अर्को पट्टी भयो भने पनि उसलाई गोलि हानिन्छ । त्यस कारणले एकिकृत र संगठित भएर अभियान सफल बनाऔं ।’

Share News