महुली लघुवित्तको सीईओमा गंगाधर पाण्डे, सञ्चालक समितिमा ६ जना नियुक्त

<p>काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गंगाधर पाण्डे नियुक्त भएका छन् । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । बैंठकले मंसिर ८ गतेदेखि नै लागू हुने गरी पाण्डेलाई आगामी ४ वर्ष अर्थात २०८१ साल मंसिर ७ गतेसम्मको लागि संस्थाको सीईओ पदको जिम्मेवारी दिएको हो [&hellip;]</p>

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गंगाधर पाण्डे नियुक्त भएका छन् । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो ।

बैंठकले मंसिर ८ गतेदेखि नै लागू हुने गरी पाण्डेलाई आगामी ४ वर्ष अर्थात २०८१ साल मंसिर ७ गतेसम्मको लागि संस्थाको सीईओ पदको जिम्मेवारी दिएको हो ।

साथै, बैठकले अध्यक्ष प्रभु नारायण चौधरीसहित ६ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिको अध्यक्ष पदमा प्रभु नारायण चौधरी, सञ्चालकमा कमल प्रसाद बस्याल, भानुभक्त निरौंला, रोशन कुमार मंडर, केशव प्रसाद भण्डारी र सर्मिला राई छन् । बैंठकले संस्थाको आगामी साधारण सभा नभएसम्मको लागि उक्त ६ सदस्यीय समिति चयन गरेको हो ।

महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्ज भई महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मंसिर ८ गतेदेखि एकीकृत कारोबार शुरु भईसकेको छ ।

Share News