कोभिड महामारीमा प्रभावकारी सेवा प्रवाह गरिरहेका निजी क्षेत्रका अस्पतालमध्येमा अग्रणी अस्पतालको रुपमा ह्याम्स अस्पताल आउँछ । ह्याम्सले अहिलेसम्म ३५ सयभन्दा बढी कोभिड संक्रमितको उपचार गरिसकेको छ । नेपालका सबैभन्दा राम्रामध्येमा पर्ने र सर्वसाधारणले पनि विश्वास गरेका विशेषज्ञ डाक्टरहरुको टीम ह्याम्स अस्पतालमा आवद्ध छ । नेपालको स्वास्थ्य सेवा निकै महंगो छ भन्ने जनगुनासो पनि व्यापक छ । यही सन्दर्भमा ह्याम्सले प्रवाह गर्ने सेवा, कर्पाेरेट अस्पतालको रुपमा ह्याम्सको सेवाको स्तर तथा शुल्क र स्वास्थ्य सेवाका अन्य विविध विषयमा ह्याम्स अस्पताल संचालक समिति अध्यक्ष आरएस भण्डारीसँग गरिएको कुराकानीः
कोभिड महामारीको बेलामा निजी क्षेत्रबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने अग्रणी अस्पतालमध्येमा ह्याम्स अस्पताल पनि पर्छ । यो सेवा प्रवाहप्रति तपाईंकै मूल्यांकन कस्तो छ ?
यसमा धेरै विषयहरु छन् । म तपाईंलाई यो अस्पताल तथा मैले व्यक्तिगत रुपमा गरेका पहलको अनुभव सुनाउँछु । यो बीचमा कोभिड १९ जस्ता संक्रमण रोगबाट स्वास्थ्यकर्मी संक्रमित नभई वा कमभन्दा कम नोक्सानीमा कसरी प्रभावकारी र स्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने चुनौति नै प्रमुख थियो । ह्याम्स अस्पतालले कोभिडका विरामीलाई जुन प्रकारको सेवा दियो, त्यस्तो सेवा सरकारी तथा अन्य निजी अस्पतालले पनि प्रवाह गरेका थिए । उनीहरु धेरै समस्यामा परे । कुनै समयमा अस्पताल नै सिल गर्नुपर्ने अवस्था आयो । सयौंको संख्यामा स्वास्थ्यकर्मीहरु क्वारेन्टिनामा बस्नुपर्ने वाध्यात्मक अवस्था आयो ।
सुरुको समयमा सरकारले कोभिडका विरामी निजी अस्पतालले नलिनु भनेको थियो । त्यसैअनुसारको गाइडलाइनहरु बनेका थिए । हामीसँग भएको विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीको टीम र व्यवस्थापन कोभिडबाट भागेर साध्य लाग्दैन भन्ने निष्कर्षमा थियो । अस्पताल हो भनेर घोषणा गरेर स्वास्थ्य सेवा दिन आइसकेपछि म यो रोगको विरामी लिन्छु, यस्तो रोग लागेकाको उपचार गर्दिन भन्न मिल्दैन भन्ने हाम्रो निक्र्योल थियो ।
यही निष्कर्षका साथ कोभिडका विरामीको पनि उपचार गर्नुपर्छ भन्ने तयारीमा हामी थियौं । कोभिड आउनुभन्दा अघिदेखि नै संक्रमण रोग नियन्त्रण सम्बन्धी प्रोटोकल बनाएर कार्यान्वयनमा ल्याइरहेका थियौं । कोभिड संक्रमितको उपचार गर्नको लागि विश्व स्वास्थ्य संगठनदेखि नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गरे गराएका थियौं । कुनै पनि विरामी आउँदा यो विरामीसँग कोभिड हुन सक्छ है भन्ने महसुस गरेर सोही प्रकारको स्वास्थ्य सावधानी अपनाइरहेका थियौं ।
पीसीआर रिपोर्ट आएपछि सरकारको गाइडलाइन अनुसार उपचार गर्न मिल्दैन भन्दै हामीले विरामीलाई सरकारले तोकेको अस्पताल लान आफन्तलाई भन्यौं । हामीले त्यो भन्दा ‘मरेको हाम्रो विरामीलाई तपाईंहरुले बाँच्ने अवस्थामा पुर्याइदिनु भएको छ, तपाईंहरुले भनेका यी ३ वटै अस्पतालमा हामीले विरामी लिएर जानु भनेको उहाँलाई मार्नु हो, हामी हाम्रो विरामी मार्न चाहदैनौं, त्यसैले अन्यत्र लादैनौं, जति पैसा लाग्छ यही तिर्छाैं’ भन्नुभयो ।
गत बैशाखतिरकै कुरा हुनुपर्छ, पोखरामा एक जना विरामी हेलिकोप्टरबाट रेक्स्कु गरेर ह्याम्समा ल्याउनु पर्ने भयो । उहाँ अधिवक्ता हुनुहुदो रहेछ । उहाँ घरमै बेहोस भएपछि पोखराकै एउटा निजी अस्पताल लगिएछ । त्यो अस्पतालले गण्डकी मेडिकल कलेजमा रिफर गरेछ । त्यहाँबाट बेहोस अवस्थामै हेलिकोप्टरबाट रेस्क्यु गरेर ह्याम्स अस्पताल ल्याइयो । अस्पतालमै हेलिप्याड भएकोले यो अस्पताल ल्याइएको थियो । हामीले आइसीयुमा राखेर उपचार सुरु गर्यौं ।
त्यो बेलामा कोभिड परीक्षणको पीसीआर रिपोर्ट आउन ६ दिन जति लाग्थ्यो । ती विरामीको हिस्ट्री र लक्षण हेर्दा कोभिड संक्रमण हो कि भन्ने भयो । हामीले स्वाव लिएर परीक्षणको लागि टिचिङ अस्पताल पठायौं । पाँच दिनपछि आएको रिपोर्टमा कोभिड संक्रमण देखियो । त्यो बेलासम्म सरकारले निजी अस्पताललाई कोभिडका विरामीको उपचार नगर्नु भन्ने थियो । सरकारले टेकू, पाटन र बलम्बुको अस्पतालमा कोभिड विरामीको उपचार हुने भनिएको थियो ।
पीसीआर रिपोर्ट आएपछि सरकारको गाइडलाइन अनुसार उपचार गर्न मिल्दैन भन्दै हामीले विरामीलाई सरकारले तोकेको अस्पताल लान आफन्तलाई भन्यौं । हामीले त्यो भन्दा ‘मरेको हाम्रो विरामीलाई तपाईंहरुले बाँच्ने अवस्थामा पुर्याइदिनु भएको छ, तपाईंहरुले भनेका यी ३ वटै अस्पतालमा हामीले विरामी लिएर जानु भनेको उहाँलाई मार्नु हो, हामी हाम्रो विरामी मार्न चाहदैनौं, त्यसैले अन्यत्र लादैनौं, जति पैसा लाग्छ यही तिर्छाैं’ भन्नुभयो ।
हाम्रो अस्पतालले कोभिडका विरामीको उपचार त्यो बेलामा सुरु गरेको थियो, जुनबेला कोभिड संक्रमित यहाँ छ भन्ने सुन्यो भने ३ किलोमिटर टाढाबाट पनि मान्छे हिड्दैनथे । सामाजिक वरिस्करणमा परिन्थ्यो ।
विरामीका आफन्तबाट यस्तो अडान आएपछि हामीले सोही विषय उल्लेख गरेर सरकारका निकायहरुमा पत्राचार गर्यौं । हामीले यस्तो पत्राचार शुक्रबार गरेका थियौं । सरकारी निकायले मौखिम रुपमा हुन्छ, उपचार गराउनु न त भने । शनिवार सरकारी अधिकारीसहितको टोली अस्पतालमै आएर विरामीका आफन्तसँग भेट्नुभयो । विरामीको उपचार पद्धतिबारे पनि जानकारी लिनुभयो । विरामीका आफन्तले आफ्नो विरामी अन्यत्र नलाने अडान लिएपछि सरकारी अधिकारीले हाम्रो अस्पतालमा उपचार गराउन सहमत हुनुभयो । हामीले त्यस्तो अवस्थाबाट कोभिडका विरामी उपचार गराउन सुरु गरेका थियौं । हाम्रो अस्पतालले कोभिडका विरामीको उपचार त्यो बेलामा सुरु गरेको थियो, जुनबेला कोभिड संक्रमित यहाँ छ भन्ने सुन्यो भने ३ किलोमिटर टाढाबाट पनि मान्छे हिड्दैनथे । सामाजिक वरिस्करणमा परिन्थ्यो ।
यसबीचमा सरकारको माथिल्लो तहमा बस्नेहरु यही अस्पतालमा आएर उपचार गराएर जानुभयो । कर्पाेरेट क्षेत्रका गन्यमान्ने व्यक्तित्वहरुले पनि यही अस्पतालमा कोभिडको उपचार गराउनु भयो । स्वास्थ्य क्षेत्रमै काम गरिरहेका, स्वास्थ्य क्षेत्रलाई नेतृत्व प्रदान गरिरनुभएका व्यक्तिहरु पनि यही अस्पतालमा उपचार गराएर जानुभयो । पूर्वप्रधानमन्त्रीको पनि कोभिडको उपचार यही भयो । मुख्यसचिवले पनि पनि यो अस्पतालबाट एउटा सेवा लिएर जानुभयो ।
यो अस्पताल पछिल्लो समय बनेको अस्पताल हो । यसका पूर्वाधार नयाँ छन् । अत्याधुनिक प्रविधि प्रयोग गरिएकोले संक्रमण रोगको उपचार गर्न यो अस्पताल उपयुक्त भयो । विरामीबाट अर्काे व्यक्तिमा संक्रमण नफैलनको लागि जति पनि प्रविधि र सुरक्षा उपायहरु छन्, ती सबै हामीसँग उपलब्ध छन् ।
यो अस्पताल पछिल्लो समय बनेको अस्पताल हो । यसका पूर्वाधार नयाँ छन् । अत्याधुनिक प्रविधि प्रयोग गरिएकोले संक्रमण रोगको उपचार गर्न यो अस्पताल उपयुक्त भयो । विरामीबाट अर्काे व्यक्तिमा संक्रमण नफैलनको लागि जति पनि प्रविधि र सुरक्षा उपायहरु छन्, ती सबै हामीसँग उपलब्ध छन् । यो अस्पतालको यो भवन बनिसकेको २ वर्ष मात्रै भएको छ । हामीसँग भएका एकदमै राम्रा विषय विशेषज्ञ डाक्टर तथा हामीसँग भएको अत्याधुनिक प्रविधिले कोभिड संक्रमणको उपचारका लागि प्रभावकारी भएको हो । स्वास्थ्य क्षेत्रलाई नै नेतृत्व गर्ने व्यक्तिहरुको पनि पहिलो रोजाइमा ह्याम्स पर्नुको कारण हाम्रो व्यवसायिक धर्म, विषय विशेषज्ञ स्वास्थ्यकर्मी र अत्याधुनिक प्रविधिको संयोजन नै हो ।
अत्याधुनिक प्रविधि प्रयोग गरिएको भन्नुभयो, कस्तो प्रकारको अत्याधुनिक प्रविधि प्रयोग गर्नुभएको छ ?
यसमा धेरै कुराहरु पर्छन् । जस्तो कि हामीसँग भएको आइसीयु सिंगल सिंगल क्युविकल आइसीयु छ । आइसीयुको क्युविकलभित्र राखिएको विरामीले फेरेको सास त्यही रुममा मात्रै हुन्छ । उसलाई फेर्नको लागि फ्रेस हावा आउँछ । उसले फालेको सासलाई रुमभित्रबाटै फिल्टर गरेर बाहिर फालिन्छ । विरामीलाई चाहिने सास वाहिरबाट चार तहमा फिल्टर भएर आउँछ । हाम्रो आइसीयुमा भएको यो प्रविधिको कारण एउटा क्युविकल बेडमा कोभिड संक्रमित विरामी र अर्काे क्युविकल बेडमा कोभिड संक्रमण नभएको विरामी राखेर उपचार गर्न मिल्छ । सर्दैन ।
कोभिड आउनुअघि पनि संक्रमण रोग लागेका विरामी आउँथे । संसारमा अहिले प्रयोगमा रहेको लेटेस्ट सरुवा रोग नसर्ने प्रविधि प्रयोग गरेर हामीले यो अस्पताल बनाएका छौं । त्यसले पनि कोभिडको महामारीमा उपचार गर्न हामीलाई सहज भयो ।
बहुतहमा बसेर काम गर्नको लागि विषय विशेषज्ञ डाक्टरसहितको बेग्लाबेग्लै टीम छ, जसले कोभिड जस्ता संक्रामक रोगको उपचारको लागि प्रभावकारी काम गरिरहेका छन् । यस्तो व्यवस्थापनको परिणम स्वरुप एउटा विरामीको ज्यान जोगाउनको लागि जे जस्तो सहयोग र स्वास्थ्यसेवा आवश्यक पर्छ, विरामीले त्यो सहजै प्राप्त गर्छ । अर्थात ह्याम्स अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा विश्वस्तरकै छ ।
गम्भीर अवस्थाका विरामीको लागि आवश्यक पर्ने सबै प्रकारका उपचार पद्धती यो अस्पतालमा छ । जस्तो कि अहिलेको समयमा सबैभन्दा बढी आवश्यक देखिएको प्लाज्मा थेरापी, रेम्डिसिभिर चलाउने, विरामीको लागि नर्सिङ केयर जस्ता सेवा प्रभावकारी रुपमा प्रवाह गरिरहेका छौं । हामीसँग भएको डाक्टरहरुको टीम असाध्यै राम्रो छ । आइसीयुभित्र क्रिटिकल केयरको लागि डाक्टरहरुको एउटा टीम छ । त्यहाँभित्र रजिस्टार भनेर एनेस्थेसिया एमडी गरेको डाक्टरहरुको अर्काे टीम छ । त्यसभन्दा माथि संक्रमण रोगमै फेलोसिप गरेको डाक्टरहरुको अर्काे टीम छ । फोक्सो सम्बन्धी पल्मोनोलोजी क्रिटिकल केयरको लागि अर्काे टीम छ । अर्थात बहुतहमा बसेर काम गर्नको लागि विषय विशेषज्ञ डाक्टरसहितको बेग्लाबेग्लै टीम छ, जसले कोभिड जस्ता संक्रामक रोगको उपचारको लागि प्रभावकारी काम गरिरहेका छन् । यस्तो व्यवस्थापनको परिणम स्वरुप एउटा विरामीको ज्यान जोगाउनको लागि जे जस्तो सहयोग र स्वास्थ्यसेवा आवश्यक पर्छ, विरामीले त्यो सहजै प्राप्त गर्छ । अर्थात ह्याम्स अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा विश्वस्तरकै छ ।
जस्तो अर्काे पनि उदाहरण दिऊ । आइसीयुमा बस्ने एक जना विरामीको लागि हामीले २ जना नर्स उपलब्ध गराउँछौं । किनभने हामीले जुन गाइडलाइन फलो गरेका छौं, त्यसले २ जना नर्स माग्छ । एक जना नर्स पीपीई लगाएर आइसीयुभित्र बसेर विरामीको केयर गरिरहेको हुन्छ । त्यो क्युविकल बेड बाहिर औषधी तयार पार्नेदेखि डकुमेन्ट, मेसिन जस्ता अन्य प्रोसिड्युरको काम बाहिर बस्ने नर्सले सहयोग गरिरहेको हुन्छ ।

अमेरिकाको न्यूयोर्कमा कोभिडका कारण भेन्टिलेटरमा गएका १० जनामध्ये ८ जना विरामीको मृत्यू भएको छ । हाम्रो अस्पतालमा कोभिडको कारण भेन्टिलेटरमा गएका १० जना विरामीमध्ये ७ जना निको भएर फर्केका छन् । यो एक्सिलेन्ट नतिजा हो । यो तथ्यांक हामीले सबै सरकारी निकायहरुमा पठाएका पनि छौं । कोभिड महामारीको बेलामा यस्तो राम्रो सेवा दिन सकेकोमा मलाई गर्व पनि लागेको छ ।
यो बीचमा कोभिडका कति विरामीको उपचार गर्नुभयो ?
हामीले ६ सय जनाजतिलाई रेम्डिसिभिर नै चलाइसक्यौं । करिब ३५ जनालाई प्लाज्मा थेरापी गर्यौं । करिब २० जनाले कोभिडका कारण ज्यान गुमाउनु पर्यो । यहाँ कोभिड संक्रमण भएर भर्ना भई निको भएर जानेहरुको संख्या ३ हजारको हाराहारीमा छ ।
हामी ह्याम्स अस्पतालको १०औं तलामा बसेर तपाईंसँग अन्तर्वार्ता गरिरहेका छौं । यो अस्पताल भवनको छतमा हेलिप्याड पनि छ । आइसीयुमा एक जना क्युविकल बेडको विरामीका लागि २ जना नर्सको व्यवस्था गरेका छौं भन्नुभयो । अहिले प्रचलनमा रहेका अत्याधुनिक प्रविधि प्रयोग गरेका छौं भन्नुभयो । यहाँ भएका डाक्टरहरुको टीम पनि नेपालका सबैभन्दा राम्रा विशेषज्ञ डाक्टरमध्येमै पर्नुहुन्छ । यो प्रकारको पूर्वाधार बनाउन लगानी निकै आवश्यक पर्छ । यसमा लगानीको व्यवस्थापन कसरी गर्नुभएको छ ?
यो विषयमा मैले लाज नमानिकन, नढाँटिकन भन्नुपर्ने हुन्छ । ह्याम्स अस्पताल भनेको निजी अस्पताल हो । यो अस्पतालमा बैंकहरुले अर्बाैंको लगानी गरेका छन् । हामीसँग लगानीकर्ताको २०/२२ जनाको टीम छ । यो अस्पतालमा आजको दिनसम्मको लगानी करिब २ अर्ब रुपैयाँ छ । त्यो २ अर्ब रुपैयाँ लगानीमध्ये ८० प्रतिशत लगानीको मालिक बैंकहरु नै हुन् । बैंकको लगानी अर्थात ऋण भनेको हामीले कमाएर तिर्नुपर्छ । हामीमाथि दायित्व छ । करिब २३ वर्ष अगाडि नै यो अस्पतालको स्थापना भएको थियो । हामीले व्यवस्थापन जिम्मा लिएर संचालनमा ल्याएको करिब २ वर्ष भयो । यो अस्पतालको भवनदेखि अन्य पूर्वाधार बनाउन हामीलाई ३ वर्ष लाग्यो ।
समाजले विश्वास गरेका, स्वास्थ्य सेवा क्षेत्रमा राम्रो अनुभवन हासिल गरिसकेका विषय विशेषज्ञ डाक्टरहरुको टीम कसरी जुटाउन सक्नुभयो ?
अहिलेको कुरा गर्ने हो भने डाक्टर पढ्नेहरु धेरै छन् । मैले बारम्बार भन्ने गर्छु कि सबैभन्दा पहिला मान्छे बन्नुपर्ने रहेछ । यहाँ भएका डाक्टरहरु लामो समय सरकारी अस्पताल चलाएर, आफ्नो सीप र क्षमता देखाएर, सरकारले दिएको जिम्मेवारी पूरा गर्दै आमसर्वसाधारणको अघि शिर ठाडो गरेर हिड्न सक्ने विषय विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ । सरकारी जिम्मेवारी पूरा गरेर पनि सर्वसाधारणको अघि शिर ठाडो गरेर हिड्न सक्नु पनि गर्वकै विषय रहेछ ।
मलाई उहाँहरुले जसरी चिन्नुभएको थियो, मेरो क्रेडिविलिटी जे जस्तो थियो, त्यसको आधारमा उहाँहरुले विश्वास गर्नुभयो । आफूले राम्रोसँग काम गर्दा, इमानको बाटोमा हिडिरहदा यस्ता सारथीहरु पाइन्छ भन्ने अर्थमा पनि मैले लिएको छु ।
म सिन्धुपाल्चोकको मान्छे । गाउँको किसानको छोरो हूँ । काठमाडौं आएपछि मेरो भाग्य वा परिस्थिति जे भनौं म व्यवसायी भएँ । मेडिकल इक्वुपमेन्टको सप्लाई गर्ने काम गर्थैं । अझै पनि गर्छु । कोभिडको बेलामा राज्यलाई ४०/४५ करोड रुपैयाँ बराबरको सामान राज्यलाई सप्लाई पनि गरेँ । मेडिकल उपकरणको व्यवसाय गर्ने सन्दर्भमा म व्यवसायी र उहाँहरु डाक्टर (मेडिकल उपकरणको प्रयोगकर्ता) को हिसावमा चिनजान र उठबस थियो । यो अस्पताल आउँदै गर्दा, यस्तो अस्पताल आउँदैछ, के छ डाक्टरसाव भनेर मैले सोधें । मलाई उहाँहरुले जसरी चिन्नुभएको थियो, मेरो क्रेडिविलिटी जे जस्तो थियो, त्यसको आधारमा उहाँहरुले विश्वास गर्नुभयो । आफूले राम्रोसँग काम गर्दा, इमानको बाटोमा हिडिरहदा यस्ता सारथीहरु पाइन्छ भन्ने अर्थमा पनि मैले लिएको छु ।
विभिन्न क्षेत्रका राम्रा डाक्टरहरु यो अस्पतालमा हुनुहुन्छ । व्यवस्थापकीय हिसावले क्षमतावान विषय विशेषज्ञलाई व्यवस्थापन गर्न कत्तिको सहज हुने रहेछ ?
यो अस्पतालमा जति पनि डाक्टरहरु आउनुभएको छ, उहाँहरुको विषय र विशेषज्ञता फरक फरक विषयमा छ । कोही इएनटी (नाक, कान, घाटी) मा हुनहुन्छ, कोही कार्डियोलोजी (मुटुरोग) मा हुनुहुन्छ, कोही सर्जरी (अप्रेसन) मा हुनुहुन्छ, कोही पल्मोनोलोजी फिजिसियनमा हुनुहुन्छ, कोही गाइनोलोजी (स्त्री रोग) मा हुनुहुन्छ, कोही सरुवा रोगमा हुनुहुन्छ । उहाँहरुको विषय नै फरक फरक छ । जुध्न पर्ने कारण नै छैन । जस्तो कि कार्डियोलोजीमा ५/७ जना डाक्टर हुनुहुन्छ भने उहाँहरुबीच धेरै लामो समयदेखि मित्रता र समन्वय छ । उहाँबीच कुनै द्वन्द नै छैन । उहाँहरु यहाँ आएर चिनजान हुनुभएको नै होइन । हामीले यहाँ कस्तो प्रणाली बनाएका छौं भने जुन व्यक्ति यो अस्पतालको जुनसुकै विभागको प्रमुख हुनुभयो, उहाँको अनुमति वा सिफारिसबिना दोस्रो पदमा कुनै पनि व्यक्ति छिर्न नै सक्दैन । हामीले बढीमा रेफरेन्स दिने मात्रै हो ।
हामीले यहाँ कस्तो प्रणाली बनाएका छौं भने जुन व्यक्ति यो अस्पतालको जुनसुकै विभागको प्रमुख हुनुभयो, उहाँको अनुमति वा सिफारिसबिना दोस्रो पदमा कुनै पनि व्यक्ति छिर्न नै सक्दैन । हामीले बढीमा रेफरेन्स दिने मात्रै हो ।
एउटा रमाइलो प्रसंग सुनाउँछु । केही समयअघि काठमाडौंकै नाम चलेको निजी अस्पतालको इमरजेन्सीको इन्चार्ज डाक्टरले यहाँ आएर उपचार गराउनु भयो । आफैले काम गरेको अस्पतालमा किन उपचार गराउनु भएन भनेर मैले सोध्दा उहाँले ‘यहाँ राम्रो टीमवर्क छ, म काम गर्न अस्पतालमा छैन, टीमवर्कले उपचारमै फरक पार्छ’ भन्नुभयो । यस्ता विषय मिलाउन जरुरी छ ।
ह्याम्स अस्पतालले विश्वस्तरीय सेवा दिन्छ त भन्नुभयो । तर, भारत, सिंगापुर वा थाइल्याण्ड गरेर उपाचार गरासकेका व्यक्तिहरु नेपालको स्वास्थ्य सेवाबारे नाक खुम्च्याउँछन् । यस्तो किन हुन्छ ?
सरकारी क्षेत्रबाट प्रवाह हुने स्वास्थ्य सेवाबारे म कुनै टिप्पणी गर्दिनँ । सबैले महसुस गर्नुभएकै छ । निजी क्षेत्रबाट प्रवाह हुने स्वास्थ्य सेवाको बारेमा कुरा गर्दा ५/६ वर्षअघिसम्म नर्भिक अस्पतालमा उपचार गराउन राजा महाराजा, मन्त्री प्रधानमन्त्री, उद्योगी व्यवसायी सबै जान्थे । त्यो बेलासम्म पनि नेपालको स्वास्थ्य सेवाप्रति नाक खुम्च्याउनेहरु विदेश नै जान्थे । तर, आपतकालिन उपचार गराउनु पर्यो भने नर्भिक जान्थे । यो बीचमा ग्राण्डी, मेडिसिटी र ह्याम्स अस्पताल आए । ह्याम्स बनिसकेको थिएन, एक महिनादेखि पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी मेडिसिटीमा उपचार गराइरहनु भएको थियो । अधिकारीको थप उपचारको लागि ह्याम्स अस्पताल ल्याइयो । किनभने अब विकल्प उपलब्ध भयो । ह्याम्स अस्पतालबाट पनि कति मेडिसिटी गए होलान् । यो ३/४ वर्षको बीचमा निजी क्षेत्रबाट स्वास्थ्य सेवामा पूर्वाधार र प्रविधि भित्रियो । चाहे त्यो ह्याम्सले बनाओस्, ग्राण्डी, मेडिसिटी वा नर्भिक अस्पतालले नै किन नबनाओस् । हिजो एउटा मात्रै ठाउँ थियो भने आज ४/५ वटा ठाउँ बने ।
अहिले हाम्रोमा पल्मोनोलोजीमा हुनुभएका डा. रक्षा पाण्डे सिंगापुरकै अस्पतालमा प्राक्टिस गरेर ६ वर्षदेखि त्यही काम गरिरहनु भएको थियो । हामीसँगै हुनुभएका डा. अनुप सुवेदी जो संक्रमण रोगको विषयमा डिग्री र अनुभवका हिसावले नेपालकै क्लालिफाइड डाक्टर पनि हुनुहुन्छ, अमेरिकामा पढेर त्यही फेलोसिप गरेर ३ वर्षदेखि अमेरिकामा नै काम गरिरहनु भएको थियो ।
अर्काे एउटा फाइदा पनि भयो । जस्तो कि अहिले हाम्रोमा पल्मोनोलोजीमा हुनुभएका डा. रक्षा पाण्डे सिंगापुरकै अस्पतालमा प्राक्टिस गरेर ६ वर्षदेखि त्यही काम गरिरहनु भएको थियो । हामीसँगै हुनुभएका डा. अनुप सुवेदी जो संक्रमण रोगको विषयमा डिग्री र अनुभवका हिसावले नेपालकै क्लालिफाइड डाक्टर पनि हुनुहुन्छ, अमेरिकामा पढेर त्यही फेलोसिप गरेर ३ वर्षदेखि अमेरिकामा नै काम गरिरहनु भएको थियो । अलइन्डिया इन्स्टिच्युट (एम्स) बाट डिएम गर्नुभएका राजु पंगेनी डाक्टरसाव पनि यहाँ कार्यरत हुनुहुन्छ । यी उदाहरण मात्रै हुन् । मैले के भन्न खोजेको भने यस्ता विशेषज्ञ डाक्टर पनि हामीले नेपालमा ल्याउन सक्यौं । प्रविधि पनि ल्याउन सक्यौं ।
अर्थात यो बीचमा राम्रा अस्पताल आए । अत्याधुनिक प्रविधि आयो । विशेषज्ञ डाक्टर ल्याउन सकियो । यसले सेवाग्राहीलाई छनोटको विकल्प प्राप्त भयो । प्रभावकारी सेवा पाइने अवस्था बन्यो । कोभिड महामारीले विश्वको राम्रो भनिने स्वास्थ्य सेवाको हालत पनि देखाइदियो । बरु नेपालमा त्यस्तो ठूलो संकट हामीले भोग्नु परेको छैन । नपरोस् पनि । त्यसैले हाम्रो स्वास्थ्य सेवा त्यस्तो नाकै खुम्च्याउनु पर्ने हैसियतको रहेनछ भनेर अहिले प्रमाणित भयो जस्तो मलाई लाग्छ । तर, यो उपलब्धी विगत ४/५ वर्षयता मात्रै प्राप्त भएको कुरा भने सत्य हो ।
केही समयअघि व्यवसायी दिवाकर गोल्छाको निधन विदेशमै भयो । किनभने उहाँ विदेशमा उपचाररत हुनुहुन्थ्यो । त्योभन्दा अघि व्यवसायी रमेश गुप्ताको निधन पनि विदेशमै उपचाररतकै अवस्थामा भयो । यी उदाहरणले पैसा तिर्न सक्नेहरुलाई पनि भरपर्दाे स्वास्थ्य सेवा नेपालमा उपलब्ध छैन भन्ने संकेत गर्छ । भरपर्दाे स्वास्थ्य सेवा नेपालमै पाउनको लागि हामीले अब कति समय कुर्नुपर्ला ?
एकथरी मान्छेहरुको सोँच पनि फरक खालको हुने रहेछ । हाम्रो देशका पैसा तिरेर गुणस्तरीय स्वास्थ्य सेवा लिन चाहनेहरु भारत जान्छन् भन्नुभयो । भारतको दिल्लीका केही मानिसहरु त्यहाँको स्वास्थ्य सेवाप्रति नाक खुम्च्याउँदै अमेरिका जान्छन् । थाइल्याण्ड सिंगापुरको अवस्था पनि यस्तै हो । विगत ४÷५ वर्षअघि नेपालको स्वास्थ्य सेवा निकै पछि थियो । अहिले व्यापक सुधार भएको छ । तर, केही मानिसहरु अन्य देशमा गएर सेवा लिनुलाई नै अन्यथा मान्न भने सकिदैन । नेपालको स्वास्थ्यसेवा प्रभावकारी छैन भन्ने तर्कसँग भने म सहमत छैन ।
विक्ली म्यागेजिनले सार्वजनिक गरेको तथ्य अनुसार विश्वका राम्रा अस्पतालमध्ये भारतको मेदान्त पनि पर्छ, नेपालका कुनै पनि अस्पताल पर्दैनन् । यसरी नेपालका अस्पताल पनि विश्वका राम्रा अस्पतालमध्येमा कहिले पर्लान् ?
तपाईंको सदासयतासँग म सहमत छु । तर, हामीले हाम्रो यथार्थ धरातल पनि विर्सन हुदैन । हाम्रो देशको सेवाको शुल्क तिर्न सक्ने क्षमता र बजार आकारप्रति पनि हामी अनविज्ञ बन्न मिल्दैन । यो कुरा विर्सन मिल्दैन ।
संसारका देशमध्ये भुगोल र जनसंख्याको हिसावले पनि नेपाल ठूला ४५ देशभित्रै पर्छ । साहित्यिक कल्पनामा मात्रै नेपाललाई ठूलो देश भनिएको हो भने पन्छिन मिल्छ र ?
कर्पाेरेट क्षेत्र चल्ने भनेकै बजारको मागका आधारमा हो । भारतको कुनै प्रदेशभन्दा नेपालको जनसंख्या कम छ । क्षेत्रफल पनि कम छ । यो कुरा त सत्य हो । दिल्लीको जनसंख्या मात्रै ३ करोड छ । हाम्रो देशको जनसंख्या ३ करोड, त्यसमा पनि १ करोड त विदेशमै छ । पछिल्लो समय संचालनमा आएको मेडिसिटी अस्पताललाई गाह्रो भइरहेको छ भन्ने सुन्छु । उहाँहरुले जुन तहको लगानी गर्नुभयो, सो मात्रामा विजनेस छैन । त्यसैले गाह्रो भएको होला । अर्थात नेपालमा माग कम छ ।
अहिले त एयर एम्बुलेन्सको अवधारणा आएको छ । संसारको एक कुनाको मान्छे सहजै अर्काे कुनामा पुग्न सक्छ । यस्तो बेलामा हामीले स्थानीय बजारलाई मात्र हेरेर नेपालमा बजार सानो छ भनेर स्वास्थ्य सेवा खुम्चनु पर्ने अवस्था हो र ?
ग्लोबल मार्केटिङ गर्न सकिदैन भन्ने कुरा त होइन । तर, म सधै रियालिष्टिक हुनुपर्छ भन्छु । ह्याम्स अस्पतालकै केही दिनअघिको एउटा घटना मेरो दिमागमा अहिले पनि घुमिरहेको छ । घटना के थियो भने एउटा विरामी कोभिड लागेर १४/१५ दिनदेखि पाटल अस्पतालको आइसीयुमा उपचार भइरहेको थियो । ह्याम्स अस्पतालमा ल्याउन पाए केही हुन्थ्यो कि भनेर विभिन्न साथीभाइको सहयोग मागेर यहाँ ल्याउनु भयो । यहाँ ल्याएको १२/१३ दिनपछि ती विरामीको निधन भयो । उहाँलाई बचाउन हामीले हरसम्भव प्रयत्न गर्यौं, सकेनौं । तर, उपचारको क्रममा ५/६ लाखको औषधी लाग्यो, ५/६ लाख रुपैयाँ आइसीयुको विल उठ्यो । विरामीका आफन्तले ६ लाख रुपैयाँ दिनुभएको थियो, विरामीको निधन भयो । हामीले पनि कोसिस गर्ने न हो, ज्यानको जिम्मा कसैले पनि लिन सक्दैन ।
बाँकी रहेको ६ लाख रुपैयाँ नतिर्नको लागि विरामीका आफन्तले गरेको हर्कत सम्झदा आज पनि मलाई तनाव हुन्छ । त्यो पैसा कसरी उठाउने भनेर म कानुनी परामर्शमा छु । हामीले असल नियतले उपचार गर्दा लागेको खर्च तिर्न पनि यो प्रकारको हर्कत गर्ने सामाजिक मनोविज्ञान हावी भएको समाजमा धेरै ठूलो सपना बुनेर मात्रै हुँदैन ।
बाँकी रहेको ६ लाख रुपैयाँ नतिर्नको लागि विरामीका आफन्तले गरेको हर्कत सम्झदा आज पनि मलाई तनाव हुन्छ । त्यो पैसा कसरी उठाउने भनेर म कानुनी परामर्शमा छु । हामीले असल नियतले उपचार गर्दा लागेको खर्च तिर्न पनि यो प्रकारको हर्कत गर्ने सामाजिक मनोविज्ञान हावी भएको समाजमा धेरै ठूलो सपना बुनेर मात्रै हुँदैन । यो महामारीको बेलामा पनि स्वास्थ्य सेवा प्रभावकारी ढंगले प्रवाह गर्नुपर्छ भनेर हाम्रो ६ सय जनाकै टीम खटिरहेको छ । पहिला, जति पैसा लागे पनि खर्च गर्छु, तपाईंहरुले अन्तिम अवस्थासम्म कोसिस गरिदिनु पर्यो भनेर अर्काे अस्पतालको आइसीयुमा १५ दिन राखेको विरामी यहाँ ल्याउने अनि विरामीको निको हुन नसकि निधन भएपछि लागेको खर्च नतिर्न भिड जम्मा पारेर नाराबाजी गर्ने व्यवहारले प्राथमिकता पाइरहेको अवस्थामा हामीले विश्व बजारलाई हेरेर सोही अनुसारका पूर्वाधार तयार पार्ने आँट आउदो रहेनछ । साच्चै भन्नुपर्दा त राम्रो पूर्वाधार तयार पारेर विश्वस्तरीय सेवा प्रदान गर्न समाजले पनि दिदो रहेनछ र सरकारी नीति नियमले पनि सघाउँदो रहेनछ ।
यसो भन्दै गर्दा म थाकेको अर्थमा नबुझिदिनु होला । हामी अगाडि बढ्ने नै हो । मैले नगरे पनि अर्काे कसैले गर्छ नै । तर, अहिले नै परिवेश अनुकुल छैन भनेको मात्रै हुँ ।
स्वास्थ्य सेवा क्षेत्रका लगानीकर्तालाई आममानिसले माफिया भन्ने गरेको सुन्छौं, तपाईंले पनि सुन्नुभएकै होला । आफूलाई माफिया भनेको सुन्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ? किन त्यसो भनेका होलान् ?
माइनसेट भनेकै यही हो । यहाँसम्म आइपुग्दा मैले के गरें, म को हूँ भन्ने कुरा मलाई जति अरु कसैलाई पनि थाहा छैन । मेरा श्रीमती, छोराछोरी वा बाबुआमा कसैलाई पनि थाहा छैन । म जुन खुट्किलो चढेर यहाँसम्म आइपुगें, त्यो बेलामा मैले मेरो देशप्रति, समाजप्रति वा अन्य कोहीप्रति पनि कुनै पनि प्रकारको बेइमानी गरेको छैन । म नितान्त मेहेनतको कारणले यहाँसम्म आइपुगेको हूँ । त्यसैले मलाई कसले के भन्छ भन्नेमा कुनै मतलब नै हुँदैन । कुनै बेहोसीमा कुनै बेला मान्छे चिप्लिन्छ भनिन्छ, त्यसरी चिप्लिएको बाहेक, होसमा मैले कुनै गल्ती गरेको छैन ।
म नितान्त मेहेनतको कारणले यहाँसम्म आइपुगेको हूँ । त्यसैले मलाई कसले के भन्छ भन्नेमा कुनै मतलब नै हुँदैन । कुनै बेहोसीमा कुनै बेला मान्छे चिप्लिन्छ भनिन्छ, त्यसरी चिप्लिएको बाहेक, होसमा मैले कुनै गल्ती गरेको छैन ।
देशको स्वास्थ्य नीति संचालन गरिसकेका डाक्टरसावहरु मेरो नेतृत्वमा संचालित अस्पतालमा आएर अहिले काम गरिरहनु भएको छ । समाजले राम्रा भनेर सम्मान गरेका डाक्टरहरु म संचालक समिति अध्यक्ष भएको अस्पतालमा जोडिनु भनेको मेरो इमान र विगतप्रतिको उहाँहरुको दृष्टिकोण पनि हो भन्ने अर्थमा मैले बुझेको छु । म एउटा व्यवसायी मात्रै हो । मभन्दा ठूला व्यवसायी यहाँ धेरै जना छन् । मेरो निष्ठाप्रति उहाँहरुले देखाउनु भएको सम्मानका कारण आज यो अवस्था आएको हो ।
तपाईं आफूलाई आफूले गल्ती गरेको लाग्दैन, तपाईं संचालक समिति अध्यक्ष भएको अस्पतालले इमानदारीपूर्वक स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ भन्ने तपाईं लागिरहेको हुन्छ, तर आम बोलिचालीमै स्वास्थ्य सेवा क्षेत्रका लगानीकर्तालाई माफिया भनेर सम्बोधन गरिदाँ कस्तो महसुस हुँदो रहेछ ?
डाक्टर गोविन्द केसीको विषय अगाडि आएपछि मेडिकल क्षेत्रका लगानीकर्तालाई माफिया भन्न थालियो । डा. केसीले ३०/३२ वर्ष आइओएममा जागिर खाएर विताउनु भयो । उहाँले ३२ वर्ष काम गरेको आइओएमको हालत के छ ? म दाबीको साथ भन्छु– कोभिड विरामीका लागि ह्याम्स अस्पतालले १९ बेड संचालन गरिरहेको छ । तर, टिचिङ अस्पतालले केही समयअघिसम्म ५ बेड र अहिले बढाएर ८/९ बेड कति बनाउनु भएको छ । सात सय बेडको सरकारी अस्पताल, जुन अस्पतालमा कार्यरत डा. केसी स्वास्थ्य क्षेत्र माफियाको हातमा गयो भनेर चिन्ता गरिरहनु हुन्छ, पटक पटक अनसन बसेर सुधार गरिरहनु हुन्छ, त्यस्तो अस्पतालले कोभिड जस्तो विश्वव्यापी महामारीको बेलामा ५ बेड चलाएर बसेको छ ।
सात सय बेडको सरकारी अस्पताल, जुन अस्पतालमा कार्यरत डा. केसी स्वास्थ्य क्षेत्र माफियाको हातमा गयो भनेर चिन्ता गरिरहनु हुन्छ, पटक पटक अनसन बसेर सुधार गरिरहनु हुन्छ, त्यस्तो अस्पतालले कोभिड जस्तो विश्वव्यापी महामारीको बेलामा ५ बेड चलाएर बसेको छ ।
मैले व्यक्तिगत आलोचना गर्न खोजेको होइन । निष्ठापूर्वक काम गर्नेहरुलाई पनि आक्षेप लगाउनको लागि हाम्रो संस्कार, मान्यता र मानसिकता नै दोषी छ । गरिखाने मानिसलाई काम गर्नै दिइदैन । यो देशमा कानुन छ । कानुनभन्दा माथि कोही पनि छैन । कसैले गलत गरेको छ भने प्रमाणसहित प्रस्तुत भएर कारबाही गराउन सकिन्छ । किन माफिया र साफिया भनेर अरुको निष्ठामा आक्रमण गर्नुपर्यो ? भिड जम्मा गर्ने, मिडियामा यो माफिया र त्यो माफिया भन्ने परिपाटीले नकारात्मक कुरा छिटै विक्ने हाम्रो जस्तो समाजमा कोही व्यक्ति चाढै लोकप्रिय त होला तर, त्यसले हामीलाई केही सकारात्मक परिणाम दिदैन ।
नेपालको स्वास्थ्य सेवा असाध्यै महंगो छ भन्ने आम गुनासो सुनिन्छ, एउटा साधारण नेपालीले यो अस्पतालमा आएर उपचार गराउने कल्पना गर्न सक्छ ?
संसारमा निःशुल्क भन्ने केही कुरा नै हुँदैन । विकसित देशहरुमा स्वास्थ्य बीमा गराइएको हुन्छ । उपचार गराउँदा बीमा कम्पनीहरुले पैसा तिरेका हुन्छन् । अस्पतालले निःशुल्क उपचार गरेका हुँदैन । दिल्लीका कर्पाेरेट अस्पतालहरुले ५ लाख आइसी जम्मा नगरी कोभिडका विरामी भर्ना लिएनन् । हामीले त्यसको एक तिहाई पनि डिपोजिट मागेका छैनौं । नेपालकै कर्पाेरेट अस्पतालमध्येमा अरु अस्पतालको शुल्क जति छ, त्यसको १० देखि ३५ प्रतिशतसम्म सस्तो शुल्कमा ह्याम्सले उपचार गरिरहेको छ । किनभने अरु कर्पाेरेट अस्पतालको तुलनामा हाम्रो लगानी अलि कम छ । बैंकलाई कम व्याज तिर्नुपर्छ । त्यसैले सस्तो छ । हामीले यो अस्पतालको शुल्क तय गर्दा नेपालका अरु कर्पाेरेट अस्पतालहरुको शुल्क अघि राखेर तय गरिएको हो । आज पनि त्यही शुल्कमा हामीले सेवा दिइरहेका छौं ।
दिल्लीका कर्पाेरेट अस्पतालहरुले ५ लाख आइसी जम्मा नगरी कोभिडका विरामी भर्ना लिएनन् । हामीले त्यसको एक तिहाई पनि डिपोजिट मागेका छैनौं । नेपालकै कर्पाेरेट अस्पतालमध्येमा अरु अस्पतालको शुल्क जति छ, त्यसको १० देखि ३५ प्रतिशतसम्म सस्तो शुल्कमा ह्याम्सले उपचार गरिरहेको छ ।
ह्याम्सले दिने सेवा महंगो छ भनेर भन्नुभन्दा पहिला यसको सेवाको गुणस्तर, पूर्वाधार जस्ता विषयको पनि अध्ययन गरिदिनु पर्यो । भवनको छतमा हेलिप्याड छ । त्यसको लागि जगदेखि नै थप खर्च गरेर संरचना बनाउनु पर्यो । अत्याधुनिक पूर्वाधार तयार पारेका छौं, त्यसको पनि खर्च हुन्छ । प्रविधिको लागत छ । राम्रा डाक्टरहरु हुनुहुन्छ, डाक्टरको खर्च पनि छ । अर्थात सेवाको मूल्य हुन्छ । नेपालका अरु कर्पाेरेट अस्पतालले दिनेभन्दा कम सेवा यो अस्पतालमा छैन । तर शुल्क भने १० देखि ३५ प्रतिशतसम्म सस्तो छ । हाम्रो मुल ध्यय भनेको कम खर्चमा स्तरीय सेवा दिने भन्ने नै हो ।
शुल्क बढी राखेर लगानी अलि चाढै उठाउन खोज्नु भएको त होइन ?
यो कुरा कसरी भन्न सक्नुहुन्छ ? कि तपाईंले देखाइदिनु पर्यो कि हाम्रो स्तरको सेवा दिन अस्पतालले हाम्रोभन्दा सस्तोमा सेवा दिइरहेका छन् भनेर । काठमाडौंका अरु कर्पाेरेट अस्पलातको भन्दा महंगो शुल्क रहेछ भने त्यसमा सुधार गर्न म तयार छु ।
तपाईंले ह्याम्सको सेवा महंगो छैन त भन्नुभयो तर, एक दिन आइसीयुमा राखेकै ८० हजार रुपैयाँ तिर्नुपर्छ भन्ने गुनासो पनि सुनिरहेको छ ?
तपाईंलाई त्यस्तो शंका लागिरहेको छ भने म सबै शुल्क यही भन्न सक्छु । जस्तो कि आइसीयुमा एक दिन राखेको चार्ज ११ हजार रुपैयाँ हो । भेन्टिलेटरमा पनि राख्नुपर्ने भयो भने १४ हजार रुपैयाँ तिर्नुपर्छ । जनरल बेडको चार्ज प्रतिदिन २५ सय रुपैयाँ हो । सिंगल रुममा बस्दाको चार्ज ९ हजार ८ सय रुपैयाँ हो । स्वीट रुममा बस्दाको चार्ज ३५ हजार रुपैयाँ हो । डिलक्स बेडको चार्ज १५ हजार रुपैयाँ हो । ओपीडीमा जुन डाक्टरले जाचेपनि लाग्ने शुल्क भनेको ५ सय रुपैयाँ हो । औषधीको कुरा गर्नुहुन्छ भने जति एमआरपी हुन्छ, त्यति नै लिने हो ।
आइसीयुमा एक दिन राखेको चार्ज ११ हजार रुपैयाँ हो । भेन्टिलेटरमा पनि राख्नुपर्ने भयो भने १४ हजार रुपैयाँ तिर्नुपर्छ । जनरल बेडको चार्ज प्रतिदिन २५ सय रुपैयाँ हो । सिंगल रुममा बस्दाको चार्ज ९ हजार ८ सय रुपैयाँ हो । स्वीट रुममा बस्दाको चार्ज ३५ हजार रुपैयाँ हो । डिलक्स बेडको चार्ज १५ हजार रुपैयाँ हो । ओपीडीमा जुन डाक्टरले जाचेपनि लाग्ने शुल्क भनेको ५ सय रुपैयाँ हो ।
आइसीयुमा राखेको विरामीलाई एउटै इन्जेक्सनको ३५ हजार रुपैया पर्ने पनि चलाउनु पर्ने हुन सक्छ । कुनै विरामीलाई रेम्डिसिभिर चलाउनु पर्यो भने ११ डोजसम्म चलाउनु पर्ने हुन्छ । विरामी कठिन स्वस्थ्य अवस्थामा पुग्यो भने अनेकन प्रकारका औषधी र प्रविधि प्रयोग गर्नुपर्ने हुन्छ । औषधीको खर्च बेड चार्जमा हुदैन । त्यसैले एक दिनको ८० हजार मात्रै होइन, १ लाख ५० हजार रुपैयाँ पनि हुन सक्छ । तर, खासमा आइसीयुमा राख्दा प्रतिदिन ११ हजार, भेन्टिलेटरसहित आइसीयुमा राख्दा प्रतिदिन १४ हजार र जनरल बेडमा बस्दा प्रतिदिन २५ सय रुपैयाँ शुल्क लाग्ने हो । हामीले २ वर्ष अघि तय गरिएको चार्जमा अहिले कुनै परिवर्तन गरेका छैनौं । संक्रमण रोग नियन्त्रणको लागि नयाँ शिर्षकमा चार्ज भने थपिएको हो । नयाँ सेवा दिए वापत नयाँ चार्ज लिएका हौं ।
सेवा विस्तारको लागि कुनै योजना बनाउनु भएको छ ?
अहिले ह्याम्सले सय बेडको अस्पताल संचालन गरेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अब २ सय बेडको सेवा थप गरेर काठमाडौंभित्र नै ३ सय बेडको सेवा प्रदान गर्ने योजनामा छौं । सातवटै प्रदेशमा स्ट्रङ इमरजेन्सी व्याकअपसहितको ह्याम्सकै आउटलेट स्थापना गर्ने योजनामा छौं । यो योजना सुरुकै हो । हामीले अहिलेसम्म सोचेको र चाहेको थप काम यही नै हो ।
गरिब र कम आय भएका नेपालीले ह्याम्स जस्तो कर्पाेरेट अस्पतालमा पैसा तिरेर उपचार गराउने सपना देख्न सक्ने अवस्था छैन । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत केही प्रतिशत बेड छुट्टयाएर गरिब र कम आय भएका नेपालीलाई उपचार गराउने कुनै योजना बनाउनु भएको छ ?
तपाईंले मेरो मनको कुरा सोधिदिनुभयो । तर, मलाई के लाग्छ भने मैले कसैलाई कुनै प्रकारको सहयोग गर्नको लागि म त्यसको लागि काविल हुनुपर्छ । सक्षम हुनुपर्यो । हामी ह्याम्स फाउन्डेसन स्थापना गर्छाैं । हामीले दैनिक रुपमा संकलन गरेको रकम छुट्टयाएर त्यो फाउन्डेसनमा राख्छौं । त्यही फाउन्डेसनबाट गरिब तथा कम आन्दानी भएका नागरिकलाई उपचार गराउँने व्यवस्था मिलाउँछौं । तर, यसको लागि हामीलाई केही समय लाग्छ । पहिला हामी आफै काविल हुनुपर्छ ।
उपचारका क्रममा कुनै विरामीको निधन भयो र त्यसैकारण विरामीका आफन्तलाई क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आयो भने त्यही दिन म यो अस्पतालमा ताला लगाइदिन्छु । यो अस्पताल बन्द हुन्छ । हामी फेयरबेस्डमा व्यवसाय गर्न चाहन्छौं ।
म यो अस्पतालको संचालक समिति अध्यक्ष भएसम्म वा म यो अस्पतालमा भएसम्म कुनै ह्याङ्कीफ्याङ्की गरेर, विरामीसँग नचाहिने व्यवहार गरेर शुल्क असुल हुने छैन । हामी निष्ठापूर्वक स्वास्थ्य सेवा प्रवाह गर्छाैं । यहाँ उपचार गराएको विरामीको उपचार नभइ निधन भएमा अस्पतालले क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आयो भने त्यो मलाई सह्य हुनेछैन । उपचारका क्रममा कुनै विरामीको निधन भयो र त्यसैकारण विरामीका आफन्तलाई क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आयो भने त्यही दिन म यो अस्पतालमा ताला लगाइदिन्छु । यो अस्पताल बन्द हुन्छ । हामी फेयरबेस्डमा व्यवसाय गर्न चाहन्छौं । देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रदान गर्छाैं । शिर ठाडो राखेर काम गर्ने मेरो अठोट छ ।