युनाईटेड इन्स्योरेन्सकाे निमित्त सीईओमा उपासना पौडेल नियुक्त

<p>काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को निमित्त प्रमुख कार्यकारी अधिकृत( निमित्त सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त सीईओकाे पदमा नियुक्त गरेको हो । कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएपछि इन्स्योरेन्सले उक्त पदमा पौडेललाई [&hellip;]</p>

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को निमित्त प्रमुख कार्यकारी अधिकृत( निमित्त सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त सीईओकाे पदमा नियुक्त गरेको हो ।

कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएपछि इन्स्योरेन्सले उक्त पदमा पौडेललाई नियुक्त गरेको हो । भट्टराईको करार अवधि गत कार्तिक २४ गतेबाट समाप्त भएको थियो ।

साथै, उनको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत वर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको वृद्धि गर्न सफल भएको इन्स्योरेन्सले जनाएको छ ।

Share News