जीवन बीमक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा पौडेल

<p>काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न संघको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ अध्यक्षमा निर्मल काजी श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । उनी मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान उपाध्यक्ष हुन् । [&hellip;]</p>

काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न संघको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो ।

नयाँ अध्यक्षमा निर्मल काजी श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । उनी मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान उपाध्यक्ष हुन् ।

त्यसैगरी उपाध्यक्षमा पोषक राज पौडेल निर्वाचित भएका छन् । उनी सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान महासचिव हुन् ।

महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य थिए ।

कोषाध्यक्षमा प्रविन रमण पराजुली चयन भएका छन् । उनी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए ।

त्यसैगरी सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रि, राष्ट्रिय बीमा संस्थानका प्रसासक कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, गुंरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल निर्वाचित भएका छन् ।

नेपाल बीमक संघका अध्यक्ष दिप प्रकास पाण्डेले समग्र बीमा क्षेत्रको व्यवसायिक र दिगो विकासको लागी दुबै संस्था मिलेर जानु पर्ने विषयमा प्रकाश पारेका छन् ।

जीवन बीमक संघ नेपालका निवर्तमान अध्यक्ष शिवनाथ पाण्डेले नयाँ कार्य समिति समक्ष रहेका चुनौती र अवसरको लागी सवै पक्षसंग समन्वय गरेर अगाडि बढ्न शुभकामना दिएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमा क्षेत्रको सम्रग विकासको लागी बीमकहरु, संघहरु र समिति आपसमा मिलेर काम गर्नु पर्ने बताउदै नयाँ निर्वाचित कार्य समितिलाई आगामी कार्यकालको लागी बधाई तथा शुभकामना दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले जीवन बीमा क्षेत्रको उल्लेख्य वृद्धिसँगै मुख्य गरि व्यतित बीमालेख कम गर्ने तथा अभिकर्ताको व्यवसायिकता र व्यवस्थापनमा सुधार गर्नु पर्ने चुनौती रहेको बताएका छन् ।

कार्यक्रमको अन्त्यमा नव निर्वाचित अध्यक्ष निर्मल काजी श्रेष्ठले सबैलाई धन्यवाद दिँदै सबै मिलेर बीमा क्षेत्रको व्यवसायिक विकास र नविनतम कार्यक्रमहरु संचालन गर्न तथा चुनौतीको मिलेर सम्वोदन गर्न समन्वय गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Share News