सिभिल लघुवित्तको अध्यक्षमा रायमाझी, सञ्चालकमा नेवा र ढकाल नियुक्त

<p>काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । कार्तिक १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सचिन जङ्ग रायमाझी, सचिन नेवा र आँचल ढकाललाई सञ्चालक पदमा नियुक्त गरेको थियो । सोही बैठकको निर्णय अनुसार सञ्चालक समितिको रिक्त रहेकाे अध्यक्ष पदमा रायमाझीलाई चयन गरेको [&hellip;]</p>

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । कार्तिक १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले सचिन जङ्ग रायमाझी, सचिन नेवा र आँचल ढकाललाई सञ्चालक पदमा नियुक्त गरेको थियो । सोही बैठकको निर्णय अनुसार सञ्चालक समितिको रिक्त रहेकाे अध्यक्ष पदमा रायमाझीलाई चयन गरेको हो ।

बैठकले संस्थापक सेयरधनी सिभिल बैंकको तर्फबाट प्रतिनिधिको रुपमा मनोनयन भएका तीनै जनालाई कार्तिक १८ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।

Share News