स्वदेशी लघुवित्तका सीईओ चापागाईंले दिए राजिनामा, कामु सीईओकाे जिम्मेवारी मगरलाई

<p>काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईंले आफ्नो पदबाट राजिनामा दिएका छन् । कम्पनीको कम्पनी सचिव समेत रहेका सीईओ चापागाईंले दुबै पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । बैठकले आगामी मंसिर १ गतेबाट लागू हुने गरी सर्वसम्मतीबाट स्वीकृत गर्ने निर्णय [&hellip;]</p>

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईंले आफ्नो पदबाट राजिनामा दिएका छन् । कम्पनीको कम्पनी सचिव समेत रहेका सीईओ चापागाईंले दुबै पदबाट राजिनामा दिएका हुन् ।

उनको राजिनामालाई कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । बैठकले आगामी मंसिर १ गतेबाट लागू हुने गरी सर्वसम्मतीबाट स्वीकृत गर्ने निर्णय गरेको छ ।

यससँगै, कम्पनीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी राजन मगरलाई दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको कामु नायव प्रबन्धक मगरलाई आगामी मंसिर १ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यसैगरी, मंसिर १ गतेदेखि रिक्त हुन गइरहेको कम्पनी सचिवको जिम्मेवारी पनि कामु नायव प्रबन्धक मगरले नै पाएका छन् । उनले कार्तिक १७ गतेबाटै कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका छन् ।

Share News