फर्ष्ट माइक्रोफाइनान्स लघुवित्तको सीईओमा पौडेल नियुक्त, कार्तिक १६ गतेदेखि लागु हुने

<p>काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नमुनाथ पौडेल नियुक्त भएका छन् । कार्तिक १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनीको रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो । बैठकले आगामी कार्तिक १६ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि नयाँ सीईओ नियुक्त गरेको संस्थाको कामु सीईओ तथा [&hellip;]</p>

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नमुनाथ पौडेल नियुक्त भएका छन् । कार्तिक १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनीको रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो ।

बैठकले आगामी कार्तिक १६ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि नयाँ सीईओ नियुक्त गरेको संस्थाको कामु सीईओ तथा कम्पनी सचिव दानराज पन्तले जानकारी दिएका छन् ।

यससँगै नवनियुक्त सीईओ पौडेलले आगामी कार्तिक १६ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् ।

Share News