नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण

<p>काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका छन् । मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गरेका थिए । पदभार ग्रहण अघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरुले [&hellip;]</p>


काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका छन् ।

मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गरेका थिए । पदभार ग्रहण अघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन् ।

यसअघि भूकम्प, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेला (२०७२ कात्तिक १९ गते)मा अर्थतन्त्रको बागडोर सम्हालेका थिए । अहिलेपनि कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भिर असर परेको अवस्थामा पुनः अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुगेका छन् ।

Share News