काठमाडाैं । ५० करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न व्यक्ति पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युराको टोलील ठगी कार्यमा संलग्न ललितपूर महानगरपालिका १३ कुसुन्तीको केबल प्रताव जंग बहादुर राणालाई आइतबार उनकै डेरा रातोपूलबाट पक्राउ गरेको हो ।
उनले गत वर्ष कमलादेवी राज भण्डारीको नाममा रहेको पाँच कठ्ठा, पन्ध धुर, नौ कन्वा क्षेत्रफल रहेको घर समेतको जग्गा मुकेश राजभण्डारी भन्ने व्यक्तिले मालपोत कार्यालयका कर्मचारीहरु समेतसँग मिलेमतो गरी वास्तविक जग्गा धनी तथा निजको हकवाला समेतको हक मारी खाने उद्देश्यले अर्काको जग्गा किर्ते कागजात बनाई आफ्नो नाममा राजीनामा पास गराई लिई सोही जग्गा पर्सा जिल्ला, बीरगञ्ज महानगरपालिका वडा नं.४ स्थायी वतन भएका गिरधारी लाल अग्रवाललाई बिक्री गर्ने योजना बनाएका थिए ।
उनले बिक्री गर्न ५० लाख बैना पनि लिइसकेका थिए । बैना लिएको अवस्थामा थाहा पाएकोले यसरी कागजात किर्ते गरी ठगी गर्ने निजहरु समेत बिरुद्ध कारवाही गरी पाउँ भनि राजिव राजभण्डारीले लिखतरठगी सम्बन्धी कसूर मुद्दामा यस व्यूरोमा जाहेरी दरखास्त दिएका थिए ।
अनुसन्धानको उनले आपराधिक कार्यमा प्रयोग गर्नका निमित्त आफ्नो नाम मुकेश राज भण्डारी भएको किर्ते नागरिकताको प्रमाण(पत्र बनाई किर्ते गरी ठगी गरेको खुल्न आएकोले उनलाई पक्राउ गरेको केन्द्रिय अनुसन्धान आयोगले जानकारी दिएको छ । उनलाई किर्ते ठगी कसुर अन्तर्गत मुद्दा हुने बताइएको छ ।