काठमाडौं । सरकारले सबै तह तथा विषयका परीक्षाहरु सञ्चालन गर्न अनुमति दिएको छ ।
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै बैठकले सबै तहका परीक्षाहरु सञ्चालन गर्न अनुमति दिएको जानकारी दिएका हुन् ।
बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो।
‘जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्ने गरी प्रतिष्ठान, बोर्ड, विश्वविद्यालय र विद्यालयका सबै तह र विषयमा परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको छ,’ ज्ञवालीले भने।
उनले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाएर परीक्षा गर्न सकिने बताएका हुन् । परिस्थिति र अवस्था अनुसार परीक्षा संचालन गर्न सकिने तर स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई भने कडाईका साथ पालना गर्नु पर्ने उनकाे भनाइ छ ।