एन्टिजेन बेस टेष्टिङ सुरु गर्दै सरकार: अब तुरुन्त अपरेसन गर्नुपर्ने अवस्थामा लामाे समय पर्खनु नपर्ने

<p>काठमाडाैं । सरकारले एन्टिजेन बेस टेष्टिङ सुरु गर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राडा. जागेश्वर गौतमले एन्टिजेन बेस टेष्टिङ सुरु गर्न लागिएकाे बताए । एन्टिजेन बेस टेष्टिङ पिसिआर परीक्षणभन्दा निकै छिटाे नतिजा दिने प्रविधी हाे । यस टेष्टिङ इमर्जेन्सी अपरेसन गर्नुपर्ने अवस्थाका साथै ठुलाे समुहमा एकैठाउँमा गर्नुपर्ने समयमा उपयाेग हुने गाैतमले बताए । याेसँगै अस्पतालमा इमर्जेन्सीमा आएका बिरामीहरुले पिसिअार [&hellip;]</p>

काठमाडाैं । सरकारले एन्टिजेन बेस टेष्टिङ सुरु गर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राडा. जागेश्वर गौतमले एन्टिजेन बेस टेष्टिङ सुरु गर्न लागिएकाे बताए ।

एन्टिजेन बेस टेष्टिङ पिसिआर परीक्षणभन्दा निकै छिटाे नतिजा दिने प्रविधी हाे । यस टेष्टिङ इमर्जेन्सी अपरेसन गर्नुपर्ने अवस्थाका साथै ठुलाे समुहमा एकैठाउँमा गर्नुपर्ने समयमा उपयाेग हुने गाैतमले बताए ।

याेसँगै अस्पतालमा इमर्जेन्सीमा आएका बिरामीहरुले पिसिअार नतिजा लामाे समय कुरेपछि मात्र अपरेसन गर्नुपर्ने बाध्यताकाे पनि अन्त्य हुने भएकाे छ ।

Share News