साेमबार नेपालभर १५५१ संक्रमित थपिए, ९ जनाकाे मृत्‍यु

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय ५१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर १५ सय ५१ र उपत्यकामा मात्र १०१७ जना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय ५१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर १५ सय ५१ र उपत्यकामा मात्र १०१७ जना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २२ हजार ७ सय ९ पुगेकाे छ ।

नेपालमा आजसम्म १० लाख ९९ हजार २ सय ७६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३४० जना निकाे भएसँगैं हालसम्म ६७ हजार ५४२ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ५६३ पुगेकाे छ ।

Share News