साेमबार नेपालभर २४४० संक्रमित थपिए, १९ जनाकाे मृत्‍यु

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप २४ सय ४० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर २४ सय ४० र उपत्यकामा मात्र १५३१ जना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप २४ सय ४० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर २४ सय ४० र उपत्यकामा मात्र १५३१ जना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २३ हजार ५ सय ७ पुगेकाे छ ।

नेपालमा आजसम्म १० लाख ८८ हजार २ सय २९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ११३३ जना निकाे भएसँगैं हालसम्म ६५ हजार २०२ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ५५३ पुगेकाे छ ।

Share News