काठमाडाैं । औषधी व्यवस्था विभागले फार्मेसीसँग सम्बन्धित अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेकाे छ । विभागले आइतबार सुचना जारी गर्दै अर्काे सुचना जारी नभएसम्म फार्मेसीसँग सम्बन्धित अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेकाे हाे ।
विभागले अर्काे सुचना जारी नभएसम्मकाे लागि नयाँ फार्मेसी दर्ता, ठाउँसारी, धनीपरिवर्तन, व्यवसायी परिवर्तन र पुँजी थपघट लगायतका सामान्य सेवाहरु बन्द गर्ने निर्णय गरेकाे हाे ।