सार्वजनिक संस्थालाई लाग्ने कर घट्यो, आजै देखि लागु हुने

<p>काठमाडाैं । सरकारले सार्वजनिक तथा सामुदायिक संस्थालाई लिने करको दर घटाएको छ । आज  बसेको मन्त्रिपरिषद् बैठकले कर घटाएको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । उनले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दरहरु घटाउने निर्णय गरेको बताए । उनले आजै राजपत्रमा प्रकाशन गरी आज देखि नै कार्यान्वयन हुने बताए । [&hellip;]</p>

काठमाडाैं । सरकारले सार्वजनिक तथा सामुदायिक संस्थालाई लिने करको दर घटाएको छ । आज  बसेको मन्त्रिपरिषद् बैठकले कर घटाएको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए ।

उनले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दरहरु घटाउने निर्णय गरेको बताए । उनले आजै राजपत्रमा प्रकाशन गरी आज देखि नै कार्यान्वयन हुने बताए ।

सो ऐनमा गरिएकाे व्यवस्था अनुसार अर्थमन्त्रालयले मुनाफारहित सार्वजनिक संस्थान, सामुदायिक संस्था, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थालाई यो ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क, महसुल वा कर घटाउन वा बढाउन सकिने छ ।

सो व्यवस्था अनुसार नै कर घटाइएको उनले बताए ।

Share News