सानिमा लाइफका नवनियुक्त सीईओ भन्छन्: कम्पनीलाई उत्कृष्ट स्थानमा पुर्याउँछु

<p>काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) अगम मुखियाले सबै बीमा कम्पनीहरू सानिमा लाइफलाई उत्कृष्ट स्थानमा पुर्याउने प्रतिवद्धता गरेका छन् । नवनियुक्त सीईओ मुखियाले कम्पनीको सञ्चालक समिति समक्ष आज प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै साे प्रतिवद्धता गरेका हुन् । सपथ ग्रहण कार्यक्रममा उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ [&hellip;]</p>

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) अगम मुखियाले सबै बीमा कम्पनीहरू सानिमा लाइफलाई उत्कृष्ट स्थानमा पुर्याउने प्रतिवद्धता गरेका छन् ।

नवनियुक्त सीईओ मुखियाले कम्पनीको सञ्चालक समिति समक्ष आज प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै साे प्रतिवद्धता गरेका हुन् ।

सपथ ग्रहण कार्यक्रममा उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनको नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकीय पदमा रही १६ वर्ष भन्दा बढी कार्य गरेको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् ।

कम्पनीलाई हालसम्म सहयोग पुर्याउने नियमनकारी निकायहरू, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरू, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै उनले आगामी दिनहरूमा समेत सहयोगका लागि अनुरोध गरे ।

सम्बन्धित सामग्री: सानिमा लाइफको सीईओमा मुखिया, तीन विश्वविद्यालयबाट मास्टर्स, नयाँ प्रडक्टमा विशेष दख्खल

Share News