भेस्पा र अप्रिलियाको दशैं अफरः ५० हजार रुपैयाँसम्म छुट पाइने

<p>काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगर ब्रदर्स एंड सन्स प्रा लि ले बडा दशैँ तिहारलाई लक्षित गरि बडा दशैँ तिहार योजना सार्बजनिक गरेको छ । यस योजना अन्तर्गत भेस्पा र अप्रिला किन्न इच्छुक ग्राहकहरुले स्क्रयाच कार्ड मार्फत ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् । साथै, शुन्य प्रतिशत [&hellip;]</p>

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगर ब्रदर्स एंड सन्स प्रा लि ले बडा दशैँ तिहारलाई लक्षित गरि बडा दशैँ तिहार योजना सार्बजनिक गरेको छ ।

यस योजना अन्तर्गत भेस्पा र अप्रिला किन्न इच्छुक ग्राहकहरुले स्क्रयाच कार्ड मार्फत ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् । साथै, शुन्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।

साथै, भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कूटर कभर र किरिङ्ग को साथै १ आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँबराबरको फ्री पेरिमीटर किट पनि उपलब्ध गराएको छ । ग्राहकको सुबिधालाई मध्येनजर गर्दै कम्पनीले अनलाइनबाट नै स्कूटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्री डेलिभरी समेत गराउने गरेको छ ।

कोभिड-१९ को यस महामारीले गर्दा नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा सुरक्षित यात्रा लाई प्राथमिकता दिदै उपभोक्तालाई खरिदमा सहज बनाउनको लागि यो योजना सार्बजनिक गरिएको यस दुगर ब्रदस एंड सन्स प्रा लि का उपादक्ष्य विजय महतो बताउँछन् ।

Share News