सांग्रिला डेभलपमेन्ट बैंकले सञ्चालनमा ल्यायो ग्रिन पिन सेवा, कसरी पाउने ?

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रिन पिन सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवालाई थप मजबुत गर्दै बैकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सकिने छ । यसबाट कागजबाट लिईने पिन लिन ग्राहकहरु बैंक आई राख्नु नपर्ने र [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रिन पिन सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवालाई थप मजबुत गर्दै बैकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

यस सेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सकिने छ । यसबाट कागजबाट लिईने पिन लिन ग्राहकहरु बैंक आई राख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सकिने बैंकले जनाएको छ ।

कसरी पाउने पिन ?

ग्राहकले आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त गर्न सकिने छ । सम्बन्धित व्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ ।

सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

Share News