अब विदेशमा रहेका नेपाली आफैले नेपाल पैसा पठाउन सक्ने

<p>काठमाडाैं । अब विदेशमा रहेका नेपालीहरुले पनि डिजिटल भुक्तानी प्रणालीमार्फत् नै पैसा पठाउन सक्ने भङ्कएा छन् । विदेशमा काम गरिरहेका नेपालीहरुले काम गरिरहेका देशमा प्रयोग हुने मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेटलगायतका प्रणालीमार्फत् स्वदेशमा पैसा पठाउन पाउने राष्ट्र बैंकले जनाएकाेे छ । राष्ट्र बै‌कले साेमबार एक सूचना जारी गर्दै नयाँ व्यवस्था शुरु गरेकाे [&hellip;]</p>

काठमाडाैं । अब विदेशमा रहेका नेपालीहरुले पनि डिजिटल भुक्तानी प्रणालीमार्फत् नै पैसा पठाउन सक्ने भङ्कएा छन् । विदेशमा काम गरिरहेका नेपालीहरुले काम गरिरहेका देशमा प्रयोग हुने मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेटलगायतका प्रणालीमार्फत् स्वदेशमा पैसा पठाउन पाउने राष्ट्र बैंकले जनाएकाेे छ ।

राष्ट्र बै‌कले साेमबार एक सूचना जारी गर्दै नयाँ व्यवस्था शुरु गरेकाे हाे । यसका लागि नेपालीहरु कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालन रहेको डिजिटल पेमेन्ट इन्सट्रुमेन्ट सञ्चालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्नेछ।

डिजिटल भुक्तानी उपकरणबाट अन्तर- सीमा कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेयरमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाहरु बारेमा सम्झौतामा स्पष्ट व्यवस्था गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। सम्बद्ध पक्षहरुको कारोबार डिजिटल अभिलेखमा नेपालको प्रचलित कानुनले व्यवस्था गरेअनुसारको समयवधिसम्म सुरक्षित राख्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने पनि उल्लेख गरेकाे छ।

विदेशबाट विप्रेषकले डिजिटल भुक्तानी सेवादातामार्फत् पठाएको रकम प्रापकले रकमान्तर गर्न वा आफैं स्वयं उपस्थित भई भुक्तानी लिन नसक्ने अवस्थामा वालेट वा तोकिएको सीमाभन्दा बढी भएको रकम भुक्तानी सेवा प्रदायक संस्थाले प्रापकको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था मिलाउनुपर्ने जनाएकाे छ ।

Share News