काठमाडौं । बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित उक्त योजना सार्वजनिक गरेको हो ।
बजाजले कोभिड-१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरुमाँझ खुसी बाड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गराउने विश्वास गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर ल्याएको छ । पहिलो १० हजार रुपैयाँको नगद छुट, दोश्रो अथवा ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज र तेश्रो २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङसंगको सुविधा रहेको छ । खरिदकर्ताले यी मध्ये कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् ।यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध छ ।
‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।’, योजनाको शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।