भोकले भौतारिएकालाई मिलिजुली फ्याम्लीले दियाे तातो भात र न्यानो कपडा

<p>काठमाडाैं । मिलिजुली फ्याम्लीले हिमालयन बृद्राश्रममा निशुल्क खाना खुवाउने तथा लत्ताकपडा वितरण अभियान सुरु गरेकाे छ । लकडाउनले खाद्यान्नको अभाव भएर धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला मिलिजुली फ्याम्लीले काठमाडौंमा उक्त अभियान शुरू गरेकाे हाे । लकडाउनका कारण दैनिक छाक टार्न नसक्नेहरुका लागि फ्याम्लीले निःशुल्क खाना तथा लत्ताकपडाको व्यवस्था मिलाएको हो । कोही पनि भोको र नाङ्गो नरहोस् भन्ने [&hellip;]</p>

काठमाडाैं । मिलिजुली फ्याम्लीले हिमालयन बृद्राश्रममा निशुल्क खाना खुवाउने तथा लत्ताकपडा वितरण अभियान सुरु गरेकाे छ । लकडाउनले खाद्यान्नको अभाव भएर धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला मिलिजुली फ्याम्लीले काठमाडौंमा उक्त अभियान शुरू गरेकाे हाे ।

लकडाउनका कारण दैनिक छाक टार्न नसक्नेहरुका लागि फ्याम्लीले निःशुल्क खाना तथा लत्ताकपडाको व्यवस्था मिलाएको हो ।

कोही पनि भोको र नाङ्गो नरहोस् भन्ने मान्यता राखेर काठमाडौंका विभिन्न ठाउँमा निशुल्क खानाको प्रवन्ध गरिएको अभियानकर्मी राजन कँडेलले बताउँछन् । ‘लक डाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय, वृदाश्रम तथा बिपन्न परिवारको पीडा र समस्यालाई आत्मसात गर्दै निशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको हो’, उनले भने ।

भात, दाल र तरकारी लगायतका परिकारसँग पेटभरि निशुल्क खाना खान पाएपछि दैनिक मजदुरी गरि गुजारा चलाउँदै आएकाहरु पनि दङ्ग छन् ।

यो समुह टिकटकमा निक्कै लोकप्रिय र सक्रिय रहँदै आएको छ ।

Share News