जिओ फोर्ड फेस्टिभ अफर: ४ लाखसम्म जित्ने माैका, पहिलो ६ महिनाको ब्याज नपर्ने

<p>काठमाडौं । नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जि.ओ. अटोमोबाईल्सले दशैंँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । यो वर्ष फोर्ड फेस्टिभ अफरमा कम्पनिले ३ वटा अफरहरु ल्याएको छ जसअन्र्तगत ग्राहकहरुले एउटा छनोट गर्न सक्दछन् र नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निस्शुल्क बीमा जस्ता नियमित लाभहरु पनि लिन सक्छन् [&hellip;]</p>

काठमाडौं । नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जि.ओ. अटोमोबाईल्सले दशैंँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ ।

यो वर्ष फोर्ड फेस्टिभ अफरमा कम्पनिले ३ वटा अफरहरु ल्याएको छ जसअन्र्तगत ग्राहकहरुले एउटा छनोट गर्न सक्दछन् र नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निस्शुल्क बीमा जस्ता नियमित लाभहरु पनि लिन सक्छन् ।

कम्पनिको ३ योजना यस्ता रहेका छन्-

१. स्क्र्याच कार्ड– ग्राहकले बक्सबाट ३ वटा स्क्र्याच कार्ड छनौट गरी रु. ४,५०,००० सम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क्र्याच कार्डमा ग्यारेण्टी मूल्य रु.२५,००० रहेको र बढीमा यो रु. १,५०,००० सम्म हुनेछ । यो अफर अन्तर्गत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्नेछन् ।

२. ६ महिने ईएमआई होलिडे– यस योजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा मिल्नेछ । यो योजना माछापुछ्रे बैंक मार्फत उपलब्ध हुनेछ र कम्पनिले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरि दिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्नेछन् ।

३. स्थगित भुक्तानी– यस–योजना अन्तर्गत ग्राहकले ३०% रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५०% को डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २०% को लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ र यी ४ महिनामा ग्राहकले २०% लाई बराबर भाग लगाई किस्तामा तिर्नुपर्नेछ । बाँकी रकम तिरी सकेपछि , बैंक लोनको लागि प्रस्ताव अगाडि बढाइने छ र ग्राहकले बैंकको किस्ता पहिले व्यहोर्न नपर्ने कम्पनिले जनाएकाे छ ।

Share News