काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “दशैंंको पर्व हिरोत्सवको हर्ष” भन्ने नयाँ योजना ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७७ को उपलक्ष्यमा उक्त योजना ल्याएको हो ।
यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् ।