
काठमाडाैं/ व्यापार तथा व्यवस्थापन शिक्षामा अग्रणी किंग्स् कलेज र सिंगापुरस्थित मिट भेन्चर्सबिच आज सहकार्य सम्बन्ध स्थापना भएको छ । उद्यमशिलताको क्षेत्रमा बृहत अनुभव एव श्रोतयुक्त यी दुई संस्थाहरुले उद्यमशिलता एवं नवप्रबर्तनको अवधारणालाई राष्ट्रिय मात्रै नभइ क्षेत्रीयस्तरमै कार्यान्वयन तथा प्रवद्र्धन गर्ने उदेश्यसहित यस सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको हो ।
“मिट भेन्चर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित भएका छाैं । यस सम्झौताले नेपाली स्टार्टअप तथा अधिक संख्याका उद्यमीहरुलाई अन्तराष्ट्रिय मेन्टरबाट मेन्टरसिप हासिल गर्ने, अन्तराष्ट्रिय बजारको अन्वेषण गर्ने तथा अन्तराष्ट्रिय लगानीकर्ताहरुसँग गाँसिने अवसर प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छाैं,” कलेजका प्रधानाध्यपक नरोत्तम अर्यालले भने ।
सम्झौता अनुसार किंग्स् कलेजले मिट मेन्चर्सलाई नेपालका साथसाथै दक्षिण एसियाका आशा लाग्दा स्टार्टअपसमक्ष पहुँच हासिल गर्न सघाउनेछ । यसका साथसाथै कलेजले उसका विभिन्न अनुसन्धान तथा इन्क्युबेशन कार्यक्रममार्फत यस क्षेत्रबाट हासिल भएका ज्ञान तथा उत्कृष्ट अभ्यासहरुलाई मिट मेन्चर्ससँग साझा गर्नेछ ।
यसैगरी, आज भएको सहकार्य सम्झौताअनुसार मिट मेन्चर्स्ले नेपाली तथा दक्षिण एसियाली स्टार्टअपहरुका लागि लगानी सहायता हासिल गर्ने अवसर प्रदान गर्नेछ । यसका साथसाथै नेपाली विद्यार्थीहरुले मिट मेन्चर्स् तथा उसका सहायक कम्पनीहरुबाट उद्यमशिलताका परियोजनाहरुमाथि मेन्टरसिप हासिल गर्नका साथसाथै उनीहरुलाई सिंगापुर तथा दक्षिणपूर्वी एसियामा आयोजना हुने उद्यमशिलता तथा नवप्रवर्तनमा आधारित कार्यक्रम तथा प्रतिस्पर्धाहरुमा सहभागी हुन समेत अवसर प्राप्त गर्नेछन् ।
“नेपालसँग सम्झौता गरिएको यो नै हाम्रो पहिलो सहकार्य हो,” मिट भेन्चर्स्का तर्फबाट फराह फिराडसले जानकारी दिँदै भनिन्, “उद्यमशिलताको विकास तथा प्रबद्र्धनको सवालमा हरेक मुलुकका आ–आफ्नै विशेष क्षमता हुन्छन् । आजको २१औं शताब्दीमा यस सुन्दर राष्ट्रबाट भोलीका दिनमा के–कस्ता उद्यमीहरु जन्मन्छन् भनेर हेर्न हामी निकै उत्साहित छाैं ।”
एसिया क्षेत्रभित्र कार्य संचालन गरिरहेको मिट भेन्चर्स कर्पोरेट स्टार्टअफ इनोभेसन कम्पनी हो । कर्पोरेट क्षेत्रअन्तर्गतको नवप्रवर्द्धन र स्टार्टअपलाई सफलरुपमा स्थापित गर्न सघाउनु यसको मुख्य उदेश्य रहेको छ ।