रेल्वे कम्पनीले माग्यो १ सय २९ कर्मचारी, सामान्य लेखपढ गरेकाले पनि आवेदन दिन सक्ने

<p>काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदको लागि एक सय २१ जना कर्मचारी मागेको छ । जनकपुर-जयनगर रेल सञ्चालनको लागि कम्पनीले २९ वटा पदपूर्तिका लागि सो मात्राको दरखास्त आव्हान गरेको हो । सोमबार प्रकाशित विज्ञापन अनुसार कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू माग गरेको छ । जसमा सामान्य लेखपढ गर्नेदेखि लिएर स्नातक गरेकाहरूले समेत [&hellip;]</p>

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदको लागि एक सय २१ जना कर्मचारी मागेको छ । जनकपुर-जयनगर रेल सञ्चालनको लागि कम्पनीले २९ वटा पदपूर्तिका लागि सो मात्राको दरखास्त आव्हान गरेको हो ।

सोमबार प्रकाशित विज्ञापन अनुसार कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू माग गरेको छ । जसमा सामान्य लेखपढ गर्नेदेखि लिएर स्नातक गरेकाहरूले समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रशासनतर्फ एक जना शाखा अधिकृत, कानूनतर्फ १ जना अधिकृत र तीन जना स्टेसन मास्टरको लागि कर्मचारी माग गरेको छ । त्यस्तै, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट कलेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदका लागि समेत कम्पनीले विज्ञापन खुला गरेको छ ।

यससँगै, इच्छुक आवेदकले आगामी असोज १२ गतेभित्र रेल्वे कम्पनीको वेबसाइट मार्फत् विभिन्न विज्ञापनमा अनलाइन मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले अधिकृतको लागि एक हजार रुपैयाँ, सहायक स्तरको लागि चार सय रुपैयाँ र श्रेणी विहिन स्तरको लागि तीन सय रुपैयाँ दस्तुर तोकेको छ।

Share News