शिक्षा मन्त्रालयले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने

<p>काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी र विद्यालयलाई निशुल्क ईन्टरनेट उपलब्ध गराउने भएकाे छ । मन्त्रालयले  बिहिबार जारी गरेकाे विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यार्थी र विद्यालयलाई निशुल्क ईन्टरनेट उपलब्ध गराउने भएकाे हाे । उक्त विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी मन्त्रालयले नि:शुल्क वा सहुलियत शुल्कमा [&hellip;]</p>

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी र विद्यालयलाई निशुल्क ईन्टरनेट उपलब्ध गराउने भएकाे छ । मन्त्रालयले  बिहिबार जारी गरेकाे विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यार्थी र विद्यालयलाई निशुल्क ईन्टरनेट उपलब्ध गराउने भएकाे हाे ।

उक्त विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी मन्त्रालयले नि:शुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई नि:शुल्क उपलब्ध गराउन लागेको हो।

यो निर्देशिका १ असोजबाट अनिवार्य कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका निकाय र सरोकारवालालाई निर्देशन दिइसकेको छ ।

Share News