काठमाडौं । अब निजी विद्यालयहरूले अनलाइन कक्षाको शुल्क लिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहिबार जारी गरेकाे विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिन पाउने बाटाे खुला गरिदिएकाे हाे ।
निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’
यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।