‘अब अति भयो, समयलाई बुझौं, संसारलाई नियालौं र काम गरौं’

<p>काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले हाल जारी रहेको निषेधाज्ञाबारे पुर्नविचार गर्न आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाको अवधि थप्दै जाँदा विकट स्थिति आउन सक्ने भन्दै नाडाले यसबारे पुर्नविचार गर्न सरकारसमक्ष आग्रह गरेको हो । सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने नाणाको [&hellip;]</p>

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले हाल जारी रहेको निषेधाज्ञाबारे पुर्नविचार गर्न आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाको अवधि थप्दै जाँदा विकट स्थिति आउन सक्ने भन्दै नाडाले यसबारे पुर्नविचार गर्न सरकारसमक्ष आग्रह गरेको हो ।

सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने नाणाको धारणा छ । अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुँदै गएकोले नाडाले उक्त धारणा राखेको हो ।

विश्वव्यापी रुपमा विश्वमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जनतालाई बचाउन सरकारले २०७७ भदौ ४ गतेदेखि लागु हुनेगरी राजधानी लगायत देशका विभिन्न भागहरुमा निषेधाज्ञा जारी गरेको छ । र, देशमा बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी सरकारले यो निषेधाज्ञाको अवधि अझ थप गर्दे लैजाने अवस्था देखिएको छ ।

‘यो कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भई रहेको तर सत्य तथ्य यहि नै हो भन्ने निश्चित अवस्था नभएको सन्दर्भमा विभिन्न मुलुकहरुले आ आफ्नै ढङ्गबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रकृयाहरुको अवलम्बन गरिरहेको देखिन्छ ।
दक्षिण पूर्वी एशियाका केहि देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको पनि देखिएको छ । उच्च गतिमा संक्रमण बढीरहेको भनिएको अमेरिका जस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लक डाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार देखिदैन । यहि तथ्यहरुलाई मनन् गरी सरकारले पनि निषेधाज्ञाका सन्दर्भमा पुर्नविचार गर्नु पर्ने देखिन्छ ।’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले प्रतिकृया दिए ।

‘लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको छ । यसलाई सरकारले सम्बोधन गर्न नसकिरहेको अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ । आजको दिनमा लकडाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका छन् र उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने दारुण अवस्था सिर्जना भएको छ । अब अति भयो, समयलाई बुझौं, संसारलाई नियालौं र अब काम गरौं ।’, नाडाले जनाएको छ ।

Share News