काठमाडौं । काठमाडौं वर्ल्ड स्कूलले विशिष्ट श्रेणीकाे स्तर कायम गरेको छ । सुर्यविनायक नगरपालिकाले साे स्कुललाई विशिष्ट श्रेणीको स्तर कायम गर्न अनुमति दिएको हो ।
कक्षा १ देखि १२ सम्म पढाई हुने यस विद्यालय शहरको भिडभाड र कोलाहलबाट टाढा कोटेश्वर सल्लाघारी हुँदै भक्तपुरको सूर्यविनायक–७, गुण्डुस्थित शान्त मनोरम एवं चारैतिर हरियालीले सुशोभित रमणीय स्थानमा छ ।
करिब ठुलाे क्षेत्रफल स्थापना गरिएको काठमाडौं वर्ल्ड स्कूल आधारभूत सुविधाभित्रको उत्कृष्ठता र अतिरिक्त सुविधामा व्यापकता रहेको विद्यालय हो । शान्त र सुविधा सम्पन्न शिक्षण वातावरण, अनुभवि शिक्षक रहेकाे यस स्कुलमा लाइब्रेरीको व्यवस्था, अत्याधुनिक कम्युटर सहितको कम्युटर ल्याब, अत्याधुनिक प्रविधिसहितको साइन्स ल्याब, अनुभवी सेफ सहितको क्यानटिन, उपत्यकाभर कभरेज गर्ने यातायात सुविधा र दिवा आवासीय व्यवस्था जस्ता सुविधाहरु रहेका छन् ।
त्यतिमात्रै नभएर विद्यालयकाे आफ्नै स्विमिङ पुल, नृत्य, संगीत, मार्सल आर्ट, नाटक, फाइन आर्ट, फुटसल लगायतका अतिरिक्त क्रियाकलापका लागि भौतिक सुविधा समेत रहेकाे छ । हाल १५०० जना विद्यार्थी क्षमता भएको विद्यालयमा १६० विद्यार्थीका लागि पूर्ण आवासीय व्यवस्था रहेको छ ।