काठमाडौं । ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घाट कुटपिट भएको छ । ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ यात्रा गर्न निस्किएका स्थानीय युवाहरूले घिमिरेमाथि कुटपिट गरेका हुन् ।
कोरोनाका कारण जारी निषेधाज्ञा उल्लंघन गर्दै रथ जात्रा गर्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीले रथ तान्न रोकेपछि युवाहरूले विरोध गर्दा झडप भएको थियो । प्रहरीले भीड हटाउन पानीको फोहोराका साथै केही सेल अश्रुग्यास हानेको थियो । स्थायीय युवाहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सोही क्रममा घिमिरेमाथि कुटपिट भएको हो ।
सार्वजनिक भिडियोमा ड्युटीमा एक्लै रहेका घिमिरेलाई युवाहरूको समूहले कुटपिट गरेको देखिन्छ । युवाको कुटपिटपछि ती घिमिरेमा भुइँमा लड्छन् ।
एक जना युवाले त्यहाँबाट बचाउँदै घिमिरेलाई अर्को स्थानमा ल्याउँछन् । तर भाग्दै गरेको घिमिरेलाई पिछा गर्दै अन्य युवाहरूले कुटपिट गर्न छोड्दैनन् । घिमिरे भाग्दै भाग्दै अन्ततः ड्युटीमा रहेका प्रहरीको सम्पर्कमा पुग्छन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कुटपिट गर्नेहरूको आलोचना भइरहेको छ ।
हाल घिमिरेको अल्का अस्प्तालमा भइरहेको छ । अस्पताल स्रोतका अनुसार घिमिरेको टाउको र हातमा चोट देखिएको छ । अहिले सिटी स्क्यान गर्ने तयारी भइरहेको जनाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषीको खोजी भइरहेको बताए ।
स्थानीयहरूले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गरेका छन् । कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको थियो ।
ड्युटीमा रहेका प्रहरीमाथि पुल्चोकमा निर्घात कुटपिट, भिडियाे भाइरल बन्याे (भिडियाेसहित)
Gepostet von Bikashnews.com am Donnerstag, 3. September 2020