हङकङ र ल्हासाका लागि उदय रानामगर र नवराज ढकाल महावाणिज्यदूत नियुक्त

<p>काठमाडौं। सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिन्यदूत नियुक्त गरेको हो। रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ। महावाणिज्यदूत नियुक्ति प्रक्रियाका लागि अघिल्लो मन्त्रिपरिषदले दुबैलाई परराष्ट्र मन्त्रालय सरुवा गरेको थियो। सरुवाअघि रानामगर झापाका प्रमुख जिल्ला अधिकारी थिए। ढकाल उद्योग वाणिज्य [&hellip;]</p>

काठमाडौं। सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिन्यदूत नियुक्त गरेको हो।

रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ। महावाणिज्यदूत नियुक्ति प्रक्रियाका लागि अघिल्लो मन्त्रिपरिषदले दुबैलाई परराष्ट्र मन्त्रालय सरुवा गरेको थियो।

सरुवाअघि रानामगर झापाका प्रमुख जिल्ला अधिकारी थिए। ढकाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए।

उदय रानामगर र नवराज ढकाल दुबै नुवाकाेट जिल्ला बेलकाेगढी नगरपालिकाका स्थायीबासी हुन् ।

 

Share News