नेपाल इन्स्याेरेन्समा ईश्वर पाेखरेल नियुक्त, नेपाल बैंककाे अडानपछि मर्ज प्रकिया राेकियाे

<p>काठमाडाैं । नेपाल इन्स्याेरेन्स कम्पनीकाे नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पाेखरेल नियुक्त भएका छन । मंगलबार बसेकाे कम्पनीकाे संचालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पाेखरेललाई नियुक्त गर्ने निर्णय गरेकाे कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ । पाेखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सकाे नायव प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए । उनीसँग नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक [&hellip;]</p>

काठमाडाैं । नेपाल इन्स्याेरेन्स कम्पनीकाे नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पाेखरेल नियुक्त भएका छन । मंगलबार बसेकाे कम्पनीकाे संचालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पाेखरेललाई नियुक्त गर्ने निर्णय गरेकाे कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।

पाेखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सकाे नायव प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए । उनीसँग नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायत ठूलाे बैंकहरूमा काम गरेकाे अनुभव छ  ।

त्यसैगरी इन्स्याेरेन्सकाे नायव महाप्रबन्धकमा निरज बस्नेत नियुक्त भएका छन । बस्नेत प्रिमियर इन्स्याेरेन्सकाे फाइनान्स हेड रहेका थिए । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक दुबै पदमा नयाँ नियुक्तीकाे लागि खुला प्रतिस्प्रर्धा गरेकाे हाे ।

नेपाल इन्स्याेरेन्स र  आईएमई जनरल इन्स्याेरेन्सबीच मर्चरकाे प्रकिया राेकिएपछि नेपाल इन्स्याेरेन्स कम्पनी आक्रामक रूपमा अगाडि बढ्ने याेजना बनाएकाे छ । नेपाल इन्स्याेरेन्स र  आईएमई जनरल इन्स्याेरेन्सबीच मर्जबारे प्रवर्द्धकबीच छलफल भएकाे तर नेपाल इन्स्याेरेन्सकाे संस्थापक प्रवर्द्धक नेपाल बैंकले नेपालकाे पहिलाे बीमा कम्पनी भएकाेले याे कम्पनीकाे नाम छाेडेर मर्ज हुन तयार नभएकाे अडान लिएपछि मर्जकाे विषयमा छलफल पनि हुन छाेडेकाे स्राेतले बतायाे । पहिला ४० प्रतिशत सेयर नेपाल बैंककाे भएपनि अहिले १५ प्रतिशत छ । यस कम्पनीकाे मुख्य प्रवर्द्धक आईएमई ग्रुप हाे ।

यसअघि दुबै कम्पनीले साधारणसभाबाट मर्जमा जाने निर्णय गर्नुकाे साथै मर्जर कमिटि बनाएर छलफल अगाडि बढाएकाे थिए । दुबै कम्पनीकाे विजेनश, नेटवर्थ, पुँजी, बजारमा सेयर मूल्य उस्तै भएकाेले स्वाप रेसियाेमा पनि प्रवर्द्धकबीच माेटामाेटी सहमति भएकाे तर नामकाे विषयमा कुरा नमिलेकाे स्राेतकाे भनाइ छ ।

Share News