काठमाडाैं उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित

<p>काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १९९, ललितपुरको १९ र भक्तपुरको १४ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा २९८८, ललितपुरमा ४६२ [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको १९९, ललितपुरको १९ र भक्तपुरको १४ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा २९८८, ललितपुरमा ४६२ र भक्तपुरमा ३०१ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या ३७१९ पुगेको छ।

आज देशभर ८ सय ५५ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

Share News