काठमाडौं । रसियाले कोभिड-१९ को लागि फेरि अर्काे खोप परीक्षणमा ल्याएको छ । ईपिभ्याक कोरोना नाम दिइएको यस खोपको पहिलो चरणको परीक्षणको नतिजा पनि आशा लाग्दो आएको बाइएकाे छ ।
यस खोपलाई रसिया भेक्टर स्टेर रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीले बनाएको हो । यो यसअघि रुसमै ग्यामेलया रिर्सच ईन्स्टिच्युटले बनाएकाे खोप ‘स्पट्निक फाईभ’ भन्दा फरक रहेको जनाएकाे छ ।
याे नयाँ खोपको प्रारम्भिक चरणको परीक्षणकाे नतिजा अनुसार यसले शरीरमा कुनै पनि प्रकारको नकरात्मक असर नगरेकाे र साथसाथै उक्त खोप १४ देखि २१ दनिको अन्तरालमा दुई पटक प्रयोग गर्दा शरीरमा प्रतिरक्षा क्षमता राम्रो देखिएको बताइएको छ ।
रुसद्धारा सार्वजनिक गरिएको यसअघिको खोपले फेज ३ को परीक्षण नगरे पनि यसले मान्यता पाएको रुसको राष्ट्रपति भ्लाडिमिर पुटिनले दाबी गरेका छन् । यसकाे धेरैले विराेध गरेपनि समर्थन गर्नेपनि उत्तिकै रहेका छन् ।
कुनै पनि खोपले फेज ३ को परीक्षण पुरा गरिसकेपछि मात्र खोपको प्रयोग सार्वजनिक रुपमा गर्न पाउने नियम छ । एजेन्सी