बिफिन र सी. एफ. आई. क्यानडाबीच सम्झौता

<p>काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल(बिफिन) र सी. एफ. आई. क्यानडाबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बिफिनको तर्फबाट रणनीति तथा परामर्श निर्देशक सुबर्ण पौडेल र सी. एफ. आई. क्यानडाको तर्फबाट संस्थागत तालिम निर्देशक लोनी कोलोम्बेले विधुतिय माध्यमबाट सहमति पत्रमा हस्ताक्षर गरेका छन । सो सहमति अनुरूप सी. एफ. आई. क्यानडाले प्रदान [&hellip;]</p>

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल(बिफिन) र सी. एफ. आई. क्यानडाबीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बिफिनको तर्फबाट रणनीति तथा परामर्श निर्देशक सुबर्ण पौडेल र सी. एफ. आई. क्यानडाको तर्फबाट संस्थागत तालिम निर्देशक लोनी कोलोम्बेले विधुतिय माध्यमबाट सहमति पत्रमा हस्ताक्षर गरेका छन ।

सो सहमति अनुरूप सी. एफ. आई. क्यानडाले प्रदान गर्दै आएका अन्तरराष्ट्रिय मान्यता प्राप्त कोर्सहरु बिशेष छुटमा बिफिनले नेपाली बजारमा उपलब्ध गराउने छ भने बिफिनले तयार गरेका अनलाइन स्वदेशी तालिम कार्यक्रमहरु समेत सोहि प्लेटफर्ममा उपलब्ध हुने छन् ।

यस समझदारीवाट बैंक तथा वित्तिय क्षेत्रमा रोजगारीको तयारीमा रहेका बिधार्थी तथा सो क्षेत्रमा कार्यरत कर्मचारीहरु बढी लाभाम्वित हुने बिफिनका रणनीति तथा परामर्श निर्देशक पौडेलले बताए ।

बिफिन, इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजी बजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो ।

 

Share News