तीज: कस्ताे दर खाने, कसरी व्रत बस्ने ?

<p>काठमाडाैं । तीज सबै हिन्दु नारीहरुको महान पर्व हो। पौराणिक कालदेखी नै तीज को ब्रत गर्नै धार्मिक परम्परा रही आएकाे  छ । पौराणिक मान्यता अनुसार माता पार्वतिले शिवजीलाई पतिकाे रुपमा पाउनको लागी वर्षौंसम्म कठोर तपस्या गर्नुभएको थियो ।  नेपालमा पनि विवाहित, अविवाहित महिलाहरू आफ्नो श्रीमानको लामो आयु, सुस्वास्थको कामनाको लागि व्रत बस्ने चलन छ। अहिले कोरोनाको [&hellip;]</p>

काठमाडाैं । तीज सबै हिन्दु नारीहरुको महान पर्व हो। पौराणिक कालदेखी नै तीज को ब्रत गर्नै धार्मिक परम्परा रही आएकाे  छ । पौराणिक मान्यता अनुसार माता पार्वतिले शिवजीलाई पतिकाे रुपमा पाउनको लागी वर्षौंसम्म कठोर तपस्या गर्नुभएको थियो ।  नेपालमा पनि विवाहित, अविवाहित महिलाहरू आफ्नो श्रीमानको लामो आयु, सुस्वास्थको कामनाको लागि व्रत बस्ने चलन छ।

अहिले कोरोनाको यस्तो बेलामा पहिला आफ्नो सम्पूर्ण स्वस्थको ख्याल राखेर मात्रै व्रत बस्नु उचित हुन्छ। किनभने अहिले बिरामी भए पनि अस्पताल जानुसक्ने अवस्था छैन । कोभिड-१९ काे कारण गर्दा सबै अस्पतालहरुमा बेडको साथै आइसोलेसनको समेत कमी छ । त्यसैले यो बेला अझै सजग रहनु आवश्यक छ ।

याे समयमा कतिपयले दरको नाममा मासु तथा मादकपदार्थको सेवन गरेकोे नि पाइन्छ तर यस्ताे खानेकुरा यो बेला नखाको नि बेस हो।

उच्च क्यालोरीयुक्त भएको खानेकुरा जस्तै खिर, मिठाई , पुरी , दहि, महि जस्तै परिकारहरु दरकाे रुपमा खान सकिन्छ । यस्ता खानेकुराहरु चाँडै भोक लाग्न नदिने, र शक्ति वर्धक हुन्छन् ।

धार्मिक दृष्टिकोणले राम्रो मानिएकाे उपवास स्वास्थको लागी पनि उत्तिकै राम्रो हुन्छ । उपवासले शरीरमा भएको विकारहरु हटेर जान्छन् । यसले  शरीरका नराम्रो कोलेस्ट्रोल हट्नुकाे यसले साथै तौल नियन्त्रणमा पनि सहयोग गर्दछ ।

यस महामारीकाे समयमा केही नखाई बसेर शरीर कमजोर भई रोगसँग लड्ने क्षमतामा कमी आउन सक्ने भएकोले पुरा रुपमा भाेकै बस्नुभन्दा पनि केही फलफुलहरु खाएर व्रत बस्नु उचित हुनेछ । पुरा दिन केही नखाई भोकै बसेर कतिपय बेहोस भई मूर्छा पर्ने हुनाले पनि यस्ताे तरिकाकाे व्रत उपयुक्त हुँदैन ।

व्रत बस्ने व्यक्तिले पूजाआजा गरेपछि केही झोलिलो कुरा , सर्वत, जुस फलफूल , मिश्री, सुपको सेवन गर्नुपर्छ । ज्येष्ठ नागरिक, बिरामी व्यक्ति, कमजोर महिलाहरुले आफ्नो स्वस्थ अवस्था आदिको विशेष रूपमा ध्यान दिनुपर्छ ।

यस्ताे समयमा घरमै बसेर पूजापाठ गरौं र मन्दिर जाने, हुल हुने, साथी  बोलाउने काम अहिले नगरौं । स्वास्थ्य नै सम्पति हो, यो भनाई कहिल्यै नबिर्साैं ।

फलफुल आदिको उचित सेवन गरौं र अत्याधिक मात्रामा केही पनि नखाउ ।  गुलियोकाे साटाे मिश्री काधा, फलफूलको जुस्, आदिको सेवन गर्नु उचित हुनेछ । यसले मस्तिष्कको रक्त नलीहरुको कामलाइ सामान्य अवस्थमा राख्न मद्दत गर्नुकाे साथै हर्मोन नियन्त्रन गर्दछ ।

Share News